Home समाचार प्रजातन्त्र दिवसमा झण्डोत्तलोन र दिप प्रज्वलन

प्रजातन्त्र दिवसमा झण्डोत्तलोन र दिप प्रज्वलन

विर्तामोड ७ फागुन । ७० औं राष्ट्रिय प्रजातन्त्रदिवसको अवसर पारेर वीरता लेडी जेसीजले संस्थाको कार्यालयमा राष्ट्रिय झण्डा तथा जेसीजको झण्डा झण्डोत्तलोन गरेको छ ।

लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुब्बासहित पूर्व अध्यक्षहरु तथा जेसीज पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा विर्तामोडस्थित अतिथि सदन उत्तरमा रहेको संस्थाको कार्यालयमा राष्ट्रिय र जेसीज झण्डा झण्डोत्तलोन गरेको वीरता लेडी जेसीजकी अध्यक्ष शुष्मा भण्डारीले जानकारी दिनुभयो ।
कार्यालयमा झण्डोत्तलोनपछि उनीहरुले विर्तामोडस्थित मुक्तिचोकमा आएर सामुहिक रुपमा दिप प्रज्वलन गरेका थिए ।
दिप प्रज्वलनमा जेसीजसहित अन्य विभिन्न सामाजिक संघसंस्था तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रजातन्त्र दिवसमा झण्डोत्तलोन र दिप प्रज्वलन

Most Popular

Recent Comments