Home समाचार समाचार ८० किलोको साढे १० फिट अग्लो खुकुरी

८० किलोको साढे १० फिट अग्लो खुकुरी

पर्वतको जलजला–२ को एक समूहले नेपालमा अहिलेसम्मकै ठूलो खुकुरी बनाएका छन् । जलजला–२ माझफाँटका दुर्गाबहादुर सुनार नेतृत्वको चारजनाको समूहले ८० किलो फलाम प्रयोग साढे १० फिट अग्लो खुकुरी बनाएका हुन् ।


गत मङ्सिर ४ गतेदेखि खुकुरी बनाउन शुरु गरी माघ २९ गते सम्पन्न भएको सुनारले जानकारी दिनुभयो । खुकुरी बनाउन सुनारको नेतृत्वमा अर्जुन विक, सन्तोष विक र हरिलाल विक संलग्न थिए ।
उनले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएका सुनारले सबै भन्दा ठूलो खुकुरी बनाउने योजना तीन वर्ष अघिदेखिको भएको बताएका छन् । नेपालीको पहिचानका रुपमा रहेको खुकुरी बनाउन भारतबाट फलाम मगाएर बनाएको जनाएका छन् । उनका अनुसार खुकुरी निर्माणका लागि दुईलाख खर्च भएको छ । पारिश्रमिक खर्चसमेत आफैँले जुटाएर खुकुरी बनाएका सुनारले लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री सोचमा रहेको बताए ।
पुख्र्यौली पेशाका रुपमा आरान संचालन गर्दै आएका सुनारले तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार ८० किलोको साढे १० फिट अग्लो खुकुरी

Most Popular

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

देशबासीका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको (पूर्णपाठ)

सम्माननीय प्रधानमन्त्रीले बडा दशैंको उपलक्ष्यमा देशवासीका नाममा गर्नुभएको सम्बोधनआदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा...

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाको संसदीय...

Recent Comments