Home समाचार चाँदी र तामाका नौलाख ९८ हजार बढीको सामग्री बरामद

चाँदी र तामाका नौलाख ९८ हजार बढीको सामग्री बरामद

झापा ६ फागुन । प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ बाट नियन्त्रणमा लिएको झण्डै नौलाख ९८ हजारबढी मूल्यकोे चाँदी र तामाका भाँडाकुँडा मेची भन्सार कार्यालयमा बुझाएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट ड्युटीमा खटिएको प्रहरीले गत आइतबार काठमाडौं नगरपालिका–६ बौद्धका ३४ वर्षिय अजित नगरकोटी र सोही ठाउँ बस्ने ३८ बर्षिय श्याम

सुनुवारको झोला चेक गर्ने नौ लाख १८ हजार दुईसय नौ रुपैयाँ मूल्य बराबरको चाँदी र ८० हजार मूल्य बराबरको तामाका सामानसहित नौ लाख ९८ हजार दुईसय नौ रुपैयाँबढी मूल्यको सामान फेला पारेको थियो । नगरकोटी र सुनुवारको झोलाबाट चाँदीका कुङ्गा ५ थान, तिङ्ग ठुलो ६२ थान, स्टेनवाला तिङ्ग २६ थान, सानो तिङ्ग २१ थान, सेरगेम ४ थान र फेकुम ४ थान गरी जम्मा १४ के.जी. चाँदीका सामान तथा २१ केजी तामाका विभिन्न प्रकारका सामान प्रहरीले बराबद गरेको थियो ।
बरामद गरिएको सामग्री सोमबार कानूनी प्रक्रिया पूरा गरी मेची भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार चाँदी र तामाका नौलाख ९८ हजार बढीको सामग्री बरामद

Most Popular

Recent Comments