Home खेल विर्तामोडमा प्रतिभा पहिचानका लागि खेलकुद महोत्सव

विर्तामोडमा प्रतिभा पहिचानका लागि खेलकुद महोत्सव

झापा २४ माघ । बालबालिकामा भएको प्रतिभा पहिचान गर्दै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने प्रतिष्पर्धी चयन गर्ने उद्देश्यले आगामी माघ २७ गतेदेखि फागुन २ गतेसम्म प्रथम विर्तामोड नगर खेलकुद महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ को आयोजना हुने भएको छ ।
विर्तामोड नगर खेलकुद विकास समिति, एन.प्याब्सन, प्याब्सन, खेलकुद विकास समिति र विर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा विर्तामोड नगरपालिका भित्रका ४० वटा संस्थागत र ९ वटा सामुदायिक विद्यालयका गरी लगभग १७ सय खेलाडीले सहभागिता जनाउने विर्तामोड नगर खेलकुद विकास समितिका सदस्य दुर्गाराज निरौलाले जानकारी दिनुभयो ।
लगभग १० लाख ७१ हजार ५ सय रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि विर्तामोड नगर खेलकुद विकास समितिबाट ५ लाख, शिक्षा शाखाबाट २ लाख ५० हजार, नगरपालिकाबाट १ लाख, प्याब्सन तथा एन प्याब्सनबाट १ लाख गरी ९ लाख ५० हजार रुपैयाँ जम्मा भइसकेको बताइएको छ ।
प्रतियोगितामा फुटबल, भलिवल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, चेस, बास्केटबल, एथलेटिक्स, कराते, तेक्वान्दो, कवर्डी गरी ११ विधाका खेल समेटिने विर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता डोमालाल रङ्गशाला, कनकाई मा.वि., नवोदय स्कुल, टावर टेम्पल स्कुल र महेन्द्र रत्न माविका खेलमैदानमा सम्पन्न हुनेछन् ।
विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्य र खेलकुद विकास समितिका प्रचार–प्रसार विभाग संयोजक केशव भण्डारीले सञ्चालन गरेको कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न संग्रौलाको अध्यक्षतामा ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको बताइएको छ । समितिमा केशव भण्डारी, दुर्गाराज निरौला, प्रेम सुब्बा, सुरेन्द्र खरेल, धर्मराज माझी, दिनेशप्रसाद आचार्य, कृष्णप्रसाद पाठक, गोमा कटुवाल सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल विर्तामोडमा प्रतिभा पहिचानका लागि खेलकुद महोत्सव

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments