Home समाचार कोरोना भाइरसबारे सचेतना

कोरोना भाइरसबारे सचेतना

झापा २२ माघ । विश्वमा फैलिएको कोरोना भाइरस विरुद्ध जनचेतनामुलक कार्यक्रम विर्तामोडमा सम्पन्न भएको छ ।


वीरता लेडी जेसीज र विर्तामोड उद्योग वाणिज्य संघ विर्तामोडको आयोजनामा सम्पन्न कार्यक्रममा विर्तामोडस्थित विएण्डसी टिचिङ हस्पिटलका डाक्टर डा। लक्ष्मण ठाकुर र विर्ता सिटी हस्पिटलका डाक्टर विजय केसीले चीन तथा विश्वमा कोरोना भाईरसको विश्वको अवस्था कोरोनाको लक्षण, प्रभाव लगायतका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।
विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र वीरता लेडी जेसीज का अध्यक्ष शुष्मा भण्डारीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहआयोजक नेवा मिसा दबु झापाकी अध्यक्ष तिलरुपा श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
वीरता लेडी जेसीजकी महासचिव संगिता गिरीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अथिति तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, विर्तामोड नगरपालिका वडा नं।–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जेसीज आस्थावाचन अनिता पुरीले गराउनु भएको थियो ।
जनचेतनामुलक कार्यक्रममा कृष्ण प्रणामी युवा परिषद, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, मेची टेक्निकल ट्रेनिङ एकाडेमी लगायतका संघसंस्थाले सहकार्य गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोना भाइरसबारे सचेतना

Most Popular

Recent Comments