Home समाचार हत्या अनुसन्धानका लागि तीनजना प्रहरीको नियन्त्रणमा

हत्या अनुसन्धानका लागि तीनजना प्रहरीको नियन्त्रणमा

झापा २१ माघ । सोमबार राती हत्या गरी जलाएको अवस्थामा झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा एक व्यक्तिको शब फेला परेको छ ।
शब फेला परेसंगै प्रहरीले अनुसन्धानका लागि तीनजनालाई नियन्त्रणमा लिएको छ ।


घटनास्थल नजिकैका वेपत्ता भएका सुभाङ शेखकी श्रीमती शुष्मा शेख, सासू पारु शेख, र ससुरा रहमान शेखलाई नियन्त्रणमा लिएर विर्तामोडस्थित इलाका प्रहरी कार्यालय विर्तामोडमा सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घटनास्थल नजिकैका शेख वेपत्ता हुनु र जलेको शब पनि पुरुषकै भएका कारण उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताइएको छ ।
जलेका व्यक्तिको हुलिया खुल्न नसकेपछि प्रहरीले थप अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय घरानबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान शुरु गरेपनि अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
जलेको शव जनिकै खेतको बीचमा पुरुषको संवेदनशील अंङ्ग (अण्डकोष सहितको गुप्ताङ्ग) काटेर फालिएको फेला परेको थियो । प्रमाण नष्ट गर्न कसैले ति व्यक्तिलाई हत्या गरी जलाएको हुन सक्ने स्थानीयले बताउँदै आएका छन् ।
स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखेको परालमा सोमवार राति १२ वजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार घटनाको विषयमा अनुसन्धान जारी छ भने शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार हत्या अनुसन्धानका लागि तीनजना प्रहरीको नियन्त्रणमा

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments