झापा १८ माघ । चुडाल बन्धु कल्याण समितिको १२ औ वार्षिकोत्सबको अवसर पारेर पत्रकारसहित विभिन्न क्षेत्रमा उत्कृष्ट १२ जना बढीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
चुडाल बन्धु कल्याण समाजका अध्यक्ष विष्णुप्रसाद चुडालको अध्यक्षता र भद्रप्रसाद चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार कृष्ण हुमागाँई, विद्वान बुहारी अल्का चुडाल, बन्धु समाजका हरेक कार्यक्रममा सक्रियताका साथ सहभागी हुने अनन्त चुडाललाई चुडाल बन्धु कल्याण समितिमा स्थापित स्वर्गिय हिमादेवी अक्षयकोषद्वारा नगदसहित सम्मान गरिएको हो । सम्मानित तिनैजनलाई सात÷सात हजार नगद राशीसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट बुहारीका रूपमा अर्जुनधारा–११ की इन्दिरा चुडाललाई सम्मान गरिएको थियो भने स्व. भक्तमाया पुरस्कारबाट २०७६ सालको एसईई उत्कृष्ट प्रतिका चुडाललाई पुरस्कृत गरिएको थियो ।
यसैगरी चुुडाल बन्धु कल्याण समितिमा उल्लेख्य योगदान पुर्याउने पूर्व पदाधिकारीहरु गोपाल चुडाल, धनपति चुडाल, भरतमणि चुडाल र प्रेमप्रसाद चुडाललाई सम्मान गरिएको कार्यक्रममा चुडाल बन्धुका छोरीहरू मध्ये स्नातक तह उत्तिर्ण लमजुङकी विष्णु चुडाल, जनप्रतिनिधि टिका चुडाल, चुडालबन्धुको जग्गामा घेराबारा गर्न सहयोग पुर्याउने सिक्किम निवासी गोमा चुडाल भट्टराई, सगरमाथा आरोही चुडाल बन्धुका भान्जा सुमन श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका देउमान थेवे, वडाध्यक्ष रुद्र चिमरिया, सम्मानितका तर्फबाट कृष्ण हुमागाँई, लिलाबहादुर कट्वाल, आचार्य समाजका लक्ष्मीप्रसाद आचार्य, उप्रेती समाज सेवाका गोपाल उप्रेती, निवर्तमान अध्यक्ष गोपाल चुडाल, खरुदेव चुडाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गोमा चुडालले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष छत्रप्रसाद चुडालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत गोमा चुडाल र सञ्चालन महासचिव प्रेमप्रसाद चुडालले गर्नुभएको थियो ।