Home मनोरञ्जन कुमारको अस्वस्थमा विमोचन

कुमारको अस्वस्थमा विमोचन


विर्तामोड ७ असार/ स्रष्टा कुमार भट्टराईद्वारा लिखित उपन्यास ‘अस्वस्थमा’को आज आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रममा सांग्रिला प्रकाशनद्वारा प्रकाशित कृतिको प्रमुख अतिथि गीतकार गणेश रसिक, बसन्त बस्नेत, चन्द्र भण्डारी र मिश्र बैजयन्तीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
विमोचन पछि कृतिमाथि टिप्पणी गर्दै पत्रकार बसन्त बस्नेतले शक्तिको नजिक पुगेर बोल्नेले सत्य बोल्दैन भन्ने कुरालाई कृतिले उजागर गरेको उल्लेख गर्नुभयो । महाभारतकालमा जातीयता, राष्ट्रियताको अवस्थालाई अहिलेको विषयसंग जोडेर कथाबस्तु पस्केर लेखकले सबै पुस्तालाई उपन्यासभित्र समावेश गराएको बताउनु भयो ।
कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले पुस्तक पढ्ने पाठकको कमीका कारण लाईब्रेरीहरु बन्द भइरहेका बेला लेखकले नयाँ गम्भीर विषयवस्तु लिएर उपस्थित भएको धारणा राख्नु भयो ।
त्यस्तै समालोचक मिश्र बैजयन्तीले महिलाको अस्मितामाथि नै प्रश्न उठिरहेको बेला महाभारतकालमा पनि महिलालाई वेश्याको रुपमा देखाउन खोजिएको अवस्थालाई चित्रण गरेको टिप्पणी गर्नुभयो । महाभारतकालिन समयको यथार्थ अवस्था भन्दा टाढा रहेर कृति आएको कृति पाठक समक्ष बलियो रुपमा उपस्थित हुनेपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै लेखक कुमार भट्टराईले मुलुकमा व्याप्त राजनीतिक अस्थिरता र मुलुकमा भएका विभिन्न किसिमका रहस्यमय घटनाहरुले प्रेरिरत भएर उपन्यास लेखिएको उल्लेख गदै महाभारतकालमा शक्तिशाली हुँदाहुँदै पनि अस्वस्थामा गुमनाम हुनु विडम्बनालाई अहिलेको कथावस्तुसंग जोडेर पुस्तक आएको बताउनु भयो ।
सांग्रिला बुक्सद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा मणि शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन लीला अनमोलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन कुमारको अस्वस्थमा विमोचन

Most Popular

Recent Comments