Home समाचार विर्तामोडमा महिला उद्यमीद्वारा खाना महोत्सव

विर्तामोडमा महिला उद्यमीद्वारा खाना महोत्सव

झापा ८ माघ । देशभर भिजिट नेपाल २०२० चलिरहेको छ । तामझामका साथ उद्घाटन गरिएको भिजिट नेपालसंग लक्षित गतिविधिबारे सरकारी तबरबाट झापामा खासै गतिविधि नभइरहेका बेला सामाजिक संघ संस्थाले भने त्यसलाई महत्व दिएका छन् ।
पर्यटन वर्षलाई लक्षित गरी सामाजिक संघ–संस्थाहरुले आयोजना गरेका कार्यक्रमलाई नियाल्दा भिजिट नेपाल २०२० लाई निकै महत्व दिएको अनुभूति गर्न सकिन्छ । भिजिट नेपाललाई लक्षित गरी झापाको विर्तामोडमा माघ ११ गते खाना महोत्सव आयोजना हुँदैछ । महिला उद्यमी संघ नेपाल झापाको आयोजनामा हुन लागेको खाना महोत्सवमा स्थानीय तथा परम्परागत खानाका परिकार हुने संघकी झापा अध्यक्ष गोमा भट्टराईले जानकारी दिनुभयो ।
महोत्सवमा ढिटो, गुन्द्रुकको अचार, सिस्नोको सुप, सेल रोटी, तरकारी, खिर, टुसा उमारिएको गेडागुढी र फापरको पकौडा जस्ता खाना महोत्सवमा राखिने बताइएको छ ।
पर्यटन वर्ष २०२० को स्वागत तथा स्थानीय खानाको प्रवद्र्धन गर्दै बजारीकरण र प्रचार–प्रसार गरी त्यसैलाई उद्यमसंग महिलालाई सहभागी गराई आर्थिक क्रियाकलापमा जोड्ने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष भट्टराईले बताउनु भयो ।
एकलाख ५० हजार लागत अनुमान गरिएको कार्यक्रम सम्पन्न गर्न महिला उद्यमी संघ नेपाल झापाका महिलाहरुबाट लागत सहभागिता जटाएर आयोजना गर्न लागिएको खाना महोत्सवमा झापाका स्थानीयको सहभागिता रहने अपेक्षा गरिएको छ ।
यस अघि राजवंशी समुदायले राजवंशी खानाका रुपमा परिचित भाक्कालाई राष्ट्रिय महोत्सवकै रुपमा मनाएको थियो । राजवंशी समुदायले पर्यटन वर्षलाई समेत सहयोग पुर्याउने उद्देश्यले भारतका आसाम, मेघालय, विहार लगायतका ठाउँबाट समेत राजवंशी समुदायको उपस्थिति गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विर्तामोडमा महिला उद्यमीद्वारा खाना महोत्सव

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments