Home समाचार युनिकमको प्रदेश ५ अधिवेशन सम्पन्न, ५ बुँदे घोषणा पत्र जारी

युनिकमको प्रदेश ५ अधिवेशन सम्पन्न, ५ बुँदे घोषणा पत्र जारी

बुटवल ५ माघ । सरकारले लागु गरेको सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन का लागि सम्वद्ध पक्षलाई दवाव दिने लगायतका ५ बँुंदे घोषणा जारी गर्दै नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालको प्रदेश–५ अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।
सन् २०२० लाई संगठन विस्तार वर्षका रूपमा मनाउने निर्णय गरेको युनिकम नेपालले यसै वर्ष भित्र सामाजिक संवादको पनि आयोजना गर्ने बताइएको छ । अधिवेशनले राजन अधिकारीको नेतृत्वमा ५ नम्वर प्रदेश स्तरिय समिति सर्वसम्मत चयन गरेको छ ।


समितिको वरिष्ठ उपाध्यक्षमा नेत्र अर्याल, उपाध्यक्षमा माधव ज्ञवाली, सचिव बिमल अर्याल रहेका छन् । युनिकमको प्रदेश कोषाध्यक्षमा सुरज रिमाल रहनु भएको छ भने सह सचिव त्रयमा जीवन घिमिरे, यादव अर्याल र खेम खत्री चयन हुनुभएको केन्द्रिय महासचिव एल एन दाहाल ले जानकारी दिनुभयो ।
सदस्यहरुमा जनक नेउपाने, विष्णु रिजाल, सुदन गैह्रे, नोखिराम भण्डारी, भेषराज भण्डारी, टंक बन्जाडे र झमक बस्नेत चयन भएको निर्वाचन समितिका सदस्य चिरन्जीवी पौडेलले जानकारी दिनुभयो ।
सोहि अधिवेसनमा युनिकम नेपालको रुपन्देही जिल्ला कार्य समिति समेत गठन भएको छ । प्रितम गिरीको अध्यक्षतामा गठित जिल्ला समितिको उपाध्यक्षमा गोपाल भण्डारी, सचिव कृष्ण भुषाल, सहसचिव गोविन्द ज्ञवाली र कोषाध्यक्षमा कुलानन्द पौडेल निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा मनिष कार्की, सोभिता बस्याल, नारायण पंगेनी, पंकज रेग्मी, रामप्रसाद पोखरेल, ठाकुर ज्ञवाली र जीवन ज्ञवाली रहेका छन् ।
यस अघि २ सय वढी युनिकमका सदस्यहरुको भेलामा उत्प्रेरणामुलक नेतृत्व विकास तालिम प्रदान गरिएको थियो । तालिममा शंकर लामिछाने, नवराज फुयेल र गम्भीर श्रेष्ठ सहजकर्ता रहनु भएको युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेलले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार युनिकमको प्रदेश ५ अधिवेशन सम्पन्न, ५ बुँदे घोषणा पत्र जारी

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments