Home समाचार दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरीलाई अनुमति

दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरीलाई अनुमति

झापा । झापाको विर्तामोडमा सञ्चालित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । प्रसाईं भने फरार छन् ।
मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।
साथै, उनले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए ।
निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।
लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । तर उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ । प्रहरीले झापास्थित प्रसाईंको घरमा पनि खोजी गरेको छ । त्यहाँ पनि उनी भेटिएनन् । बुधबार साँझबाटै उनको मोबाइल पनि स्वीच अफ रहेको स्रोतले बतायो ।
प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर डा. गिरीविरूद्ध अख्तियारमा उजुरी दिएको पनि बताएका थिए । द्धारिका होटलमा मंसिर १५ मा उपाध्यक्ष गिरीले घुस मागेको प्रसाईंको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरीलाई अनुमति

Most Popular

Recent Comments