Home समाचार महिला उद्यमीहरुबीच अन्तरक्रिया

महिला उद्यमीहरुबीच अन्तरक्रिया

झापा २९ पुस । नेपाल उद्यमशील महिला संघ झापाको आयोजनामा महिला उद्यमीहरुसँग बृहद छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विर्तामोडको होटल हेवनमा आयोजित कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले उद्योग सञ्चालन, उत्पादन, बजारीकरण लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।


यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाका प्रमुख भरतबहादुर पुरीले खाद्य उद्यमीहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।
नेपाल उद्यमशील महिला संघ झापाका अध्यक्ष पार्वता विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्माथि प्रकाश भिमा शिवाकोटीले पार्नुभएको थियो ।
विर्तामोड नगरपालिका वडा नं–५ बाट कार्यपालिका सदस्य भावना आचार्य, नारी सञ्चार गृह झापाका अध्यक्ष अम्बिका भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा स्वागत यसोदा प्रसाइ र सञ्चालन शावित्रा दाहालले गर्नुभएको थियो ।
विभिन्न उद्योग तथा ब्यवसाय सञ्चालन गरिरहेका झापाका एकसय बढी महिलाहरु सहभागी कार्यक्रममा महिलाहरुले सञ्चालन गरेका उद्योगको प्रवद्र्धन आवश्यक रहेको धारणा बक्ता तथा सहभागीहरुले राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार महिला उद्यमीहरुबीच अन्तरक्रिया

Most Popular

Recent Comments