Home समाचार मुनामदनमा पर्यटन प्रर्बद्धन गर्न जातीय पोषाक

मुनामदनमा पर्यटन प्रर्बद्धन गर्न जातीय पोषाक

बुद्धशान्ति २७ पुस । सरकारले विभिन्न कार्यक्रम गरेर भ्रमण वर्ष मनाई रहेका बेला झापाको एक विद्यालयले समेत भ्रमण वर्षलाई प्रवद्र्धन गर्न सांस्कृतिक पोषाकको अवधारणा अघि सारेको छ ।
सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने उद्देश्यले स्थानीय, प्रादेशिक तथा संघीय सरकारले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेका बेला झापाको बुद्धशान्तिको मुनामदन एकाडेमीले पनि भ्रमण बर्षलाई स्वागत भन्दै आफ्ना विद्यार्थीहरुलाई परम्परागत र जातीय पोषाक लगाउन आह््वान गरेको छ ।


हरेक महिनाको अन्तिम मंगलबार कक्षा ५ देखि कक्षा १२ सम्मका विद्यार्थीले ऐच्छिक रुपमा आफ्ना जातीय पोषाक लगाउन मिल्ने बिद्यालयका प्रिन्सिपल चेतन ढुङ्गेलले जानकारी दिए । एक हजार बढी विद्यार्थी रहेको उक्त बिद्यालयमा २० भन्दा बढी जातजातिका बिद्यार्थीहरु अध्ययनरत छन् ।
भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन बिद्यालयले बहुजाती, बहुभाषि , बहु साँस्कृतिक समाजमा आफ्नो संस्कार भाषा, भेषभुषाको संरक्षण गर्न सकियोस् भन्दै यो कार्यक्रम संचालन गरिएको प्रिन्सिपल ढुङ्गेलले बताए ।
प्रिन्सिपल ढुङ्गेलले यस्तो कार्यक्रम पूर्वाञ्चलमै पहिलो भएको पनि दावी पनि गरेका छन् । बुद्धशान्तिको मात्रै नभएर झापामै अब्बल रहेको मुनामदन एकाडेमीले यसअघि पनि उत्कृष्ट कार्यक्रम गर्दै आएको छ ।
मुनामदन एकाडेमीले अतिरिक्त कार्यक्रमहरु अन्र्तगत अन्तर विद्यालय फुटबल, सांकृतिक, हाजिरी जवाफ, वक्तृत्वकला, निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुदै सम्मानित भइरहेको छ । बुद्धशान्तिको साविक शान्तिनगर र इलामको रोङ गाँउपालिकाबाट आउने विद्यार्थीले विद्यालयको पठनपाठन शैली, अतिरिक्त क्रियाकलापमा गरेको प्रगतिप्रति अभिभावकहरु सन्तुष्ट रहेका बताएका छन् ।
विद्यार्थीहरुले जाति पोशाक लगाउँदा आफ्नो संस्कृतिको संरक्षण हुनुका साथै अन्य जातिको भाष, संस्कृति र पहिचानको विषयमा जानकारी लिन सहज हुने बताइएको छ । आन्तरिक तथा बाह््य पर्यटकलाई आकर्षित गर्दै नेपालको जातीय पहिचानको विषयमा जानकारी गराउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको विद्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मुनामदनमा पर्यटन प्रर्बद्धन गर्न जातीय पोषाक

Most Popular

Recent Comments