Home समाचार महेन्द्र ज्योतिको ५३ औं बार्षिकोत्सव

महेन्द्र ज्योतिको ५३ औं बार्षिकोत्सव

झापा २४ पुस । विर्तामोड नगरपालिका वडा नं.–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयले ५३ औं बार्षिकोत्सव विविध मनोरञ्जनात्मक तथा पुरस्कार वितरण कार्यक्रमसहित सम्पन्न भएको छ ।
विर्तामोड नगरपालिका वडा नं.–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक देशु वनेमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाले आ–आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सवका अवसरमा भएका विभिन्न अतिरिक्त क्रियाकलापमा समूह तथा एकल उपाधि विजेता पुरस्कार वितरण गरिएको थियो ।


विद्यालयमा गठित अन्तरसदनात्मक छात्रातर्फको भलिवल प्रतियोगितामा धौलागिरी सदन प्रथम, कञ्चनजंघा दोस्रो र सगरमाथा सदन तेस्रो भएका थिए । त्यसैगरी छात्रतर्फको भलिवल प्रतियोगितामा बीच भएको भलिवल प्रतियोगितामा कञ्चनजंघा सदन प्रथम, सगरमाथा सदन दोस्रो र अन्नपूर्ण सदन तेस्रो भएका थिए ।
त्यस्तै ७५ मिटरको छात्रतर्फको दौडमा अभिषेक आङदेम्वे प्रथम, प्रकृत श्रेष्ठ दोस्रो र समिप हस्ता तेस्रो भएका थिए भने छात्रतर्फ अविशा लिम्बू प्रथम, आराध्य बुढाथोकी दोस्रो र जानुका श्रेष्ठ तेस्रो भएका थिए ।
१०० सय मिटरतर्फको छात्रतर्फको दौडमा शक्ति लिम्बू प्रथम, शिव सोरेन दोस्रो र राजिव राई तेस्रो भएका छन् भने १०० मिटरकै छात्रतर्फको दौडमा कञ्चन अधिकारी पहिलो, आकृति राई दोस्रो र अमिशा राई तेस्रो भएका छन् ।
विद्यालयले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले २०० मिटर, ३००, ४०० र ५०० सय मिटरका छात्रा र छात्रबीच अलग अलग प्रतियोगिता गराइएको थियो । त्यस्तै अन्तरसदनात्मक रिले दौड समेत प्रतियोगिता समेत गराइएको थियो ।
त्यसैगरी लङजम्प, हाइजम्प र ट्रिपलजम्प प्रतियोगितामा प्रतिष्पर्धाबाट विजयी प्रतियोगिलाई पुरस्कार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक देशु वनेमले जानकारी दिनुभयो ।
विद्यालयका शिक्षक जयकुमार झाले स्वागत गरेको कार्यक्रमको विरेन्द्रकुमार झा र सरस्वती दाहालले सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार महेन्द्र ज्योतिको ५३ औं बार्षिकोत्सव

Most Popular

Recent Comments