Home समाचार राष्ट्रियसभामा विवेक पुर्याएर मतदान आह्वान

राष्ट्रियसभामा विवेक पुर्याएर मतदान आह्वान

झापा २३ पुस । राष्ट्रियसभाका लागि प्रदेश नं–१ का उम्मेद्वार राजेन्द्र घिमिरेले जनप्रतिनिधि सार्वजनिक ब्यक्ति भएकाले विवेक पु¥याएर मतदान गर्न आग्रह गर्नुभएको छ ।
प्रदेश नं–१ का लागि खुल्लातर्फका उम्मेद्वार घिमिरेले विर्तामोडस्थित होटल हेवनमा पत्रकार भेटघाटमा बोल्दै देशमा स्थायी शान्ति कायम गर्न र आर्थिक÷सामाजिक समृद्धिका लागि सहअस्तित्व र सहकार्य अत्यावश्यक रहेकाले विवेक पु¥याएर सक्षम ब्यक्तिलाई मतदान गर्न आह््रवान गर्नुभएको हो ।
‘प्रतिनिधिसभा र राष्ट्रियसभामा सरकार र प्रतिपक्षबीच विवादमात्रै देखिएको छ,’–नेपाली कांग्रेसका तर्फबाट प्रदेश नं १ अन्तर्गत खुल्लातर्फका उम्मेद्वार घिमिरेले भन्नुभयो–‘राष्ट्रियसभा राजनीति गर्ने थलो होइन, राइट मेन राइट प्लेसको नीति अपनाएर विवेकको मत प्रयोग गर्न म अपिल गर्छु ।’

आफू राष्ट्रियसभामा विजयी बनेमा सहमतिमा बनेको नीति निर्माणमा अग्रसर रहने, विभेदपूर्ण नीति र विधि बनाउन नदिने, कृषिलाई ब्यावसायिकीकरण गर्न पहल गर्ने, आमूल आर्थिक परिवर्तनका लागि नीति निर्माण र कार्यान्वयनमा पहल गर्ने, स्थायी शान्ति, लोकतान्त्रिक शासन ब्यवस्थाको संस्थागत विकासमा पहल गर्ने घिमिरेले बताउनुभयो ।
लामो समय झापा उद्योग वाणिज्य संघसहित विभिन्न सामाजिक संस्थाहरुको समेत नेतृत्व गर्नुभएका घिमिरेले भन्नुभयो–‘नेपालको वस्तु भारतीय ट्याग लगाएर विदेशसम्म बेच्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य जरुरी छ । विभेदको दृष्टिले नहेरी आमूल आर्थिक परिवर्तनका लागि सक्षम ब्यक्तिलाई छान्न म आग्रह गर्छु ।’
पत्रकारहरुको जिज्ञाशाको जवाफमा नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेले स्थानीय तहमा भन्दा माथिल्लो निकायमा घिमिरेको भूमिका प्रभावकारी हुने देखेर पार्टीले उम्मेद्वारका रुपमा उभ्याएको बताउनुभयो ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले एकलौटी हिसावले समृद्धि नआउने बताउँदै सहकार्य जरुरी रहेकाले विवेक पु¥याएर मतदान गर्न आग्रह गर्नुभयो । राष्ट्रिय सभामा गाउँ÷नगर, उपमहानगर÷महानगर समितिका सभापति तथा उपसभापति र प्रदेशसभाका सदस्यहरुले मतदान गर्ने प्रावधान छ । आगामी माघ ९ गतेका लागि राष्ट्रियसभाको निर्वाचन तय भएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रदेश नं–१ बाट खुल्लातर्फ राजेन्द्र घिमिरे, दलिततर्फ निरवहादुर वि.क (विमल धमला) र महिलातर्फ मिना पुलामीको उम्मेद्वारी दर्ता भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार राष्ट्रियसभामा विवेक पुर्याएर मतदान आह्वान

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments