Home समाचार समाचार स्वरोजगार बन्दै महिला

स्वरोजगार बन्दै महिला

बुट्टाबारी/ विर्तामोड नगरपालिका वडा नं.–६ को सहयोग र बुट्टाबारी आमा बचत तथा ऋण समूहको आयोजनामा सञ्चालित एक महिने गुडिया तथा कुशन निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ ।
समूहकी अध्यक्ष पवित्रा ढुङ्गानाको अध्यक्षता तथा वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष कन्दङ्वाले सिकेको सीपलाई सृजनामा बदल्न सुझाव दिंदै तालिमले महिलालाई स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तालिम समापन कार्यक्रममा गीता थापा, वडासदस्य पर्शुराम खनाल, शोभा विक, प्रशिक्षक विमला गुरागाँई, राम विष्ट लगायतले मन्तव्य राखेका थिए । आयोजक संस्थाकी सचिव उषा सुवेदी अधिकारीले सञ्चालन गरेको कार्यक्रम स्वागत यशोदा आचार्य अधिकारी र औचित्यमाथि लक्ष्मीमाता सेवाहाङले प्रकाश परेकी थिइन् ।
महिलाहरुलाई सीप सिकाएर आत्म निर्भर बनाउने उद्देश्यले बुट्टाबारीमा सञ्चालित तालिममा स्थानीय ३० जना महिलाको सहभागिता रहेको आयोजक संस्थाकी सचिव अधिकारीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार स्वरोजगार बन्दै महिला

Most Popular

Recent Comments