Home समाचार झापामा भू–कम्प दिवसको तयारी

झापामा भू–कम्प दिवसको तयारी

झापा २३ पुस । भूकम्प सुरक्षा दिवसको अवसर पारेर जिल्ला दैवी प्रकोप उद्धार तथा राहत समिति झापाले त्रीदिवसीय कार्यक्रम तय गरेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाको अध्यक्षतामा बसेको सरोकारवाला संस्था तथा स्थानीय तहका जनप्रतिनिधिहरुको बैठकले कार्यक्रम तय गरेको हो । प्रत्येक बर्ष माघ महिनाको २ गते भूकम्प सुरक्षा दिवस मनाइदै आएको छ ।
वैठकले माघ १, २ र ३ गतेका लागि विभिन्न कार्यक्रम तय गरेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार १ गते सबै सरकारी कार्यालय तथा स्थानीय सरसफाई कार्यक्रम तय गरिएको छ भने विभिन्न समयमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा तीनदिन साँझ दिप प्रज्वलन गरिनेछ ।
यसैगरी माघ २ गते प्रभातफेरिसहित जिल्ला समन्वय समितिमा भूकम्पको जोखिम र यसबाट बच्ने तथा भूकम्पका समयमा क्षति कम गर्ने उपाय समेटिएको भूकम्प सुरक्षासम्बन्धी नेपाल रेडक्रस सोसाइटी झापा र भद्रपुर नगरपालिकाले प्रस्तुती गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी कमल गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी झापाको संयुक्त पहलमा कमल गाउँपालिकामा कृतिम घटना अभ्यास गरिने बताइएको छ ।
यसैगरी जिल्ला स्वास्थ्य कार्यालय झापा र बुद्धशान्ति गाउँपालिकाले माघ ३ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने बताइएको छ ।
बैठकमा शीतलहरको असर र सरोकारवाला निकायले गरेका कार्यहरुका बारेमा पनि छलफल भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापामा भू–कम्प दिवसको तयारी

Most Popular

हिन्दुराष्ट्रका पक्षमा राप्रपा झापाको ऐक्यबद्धता : झापामा बृहत र्याली

झापा १२ मंसीर । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा स्वस्फूर्त रूपमा देशभर भइरहेको र्यालीप्रति ऐक्यबद्धता जनाउदै राप्रपा झापाले पनि वृहत मोटर साईकल...

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार...

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

Recent Comments