Home खेल हल्दिवारीमा वडाध्यक्ष कप शुरु

हल्दिवारीमा वडाध्यक्ष कप शुरु

हल्दिबारी २१ पुस । झापाको हल्दिबारी– २ मा वडा अध्यक्ष कप अन्तर प्रा. वि. खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार शुरु भएको प्रतियोगिता आज समापन हुने वडा अध्यक्ष राजेन्द्र योङ्हाङले जानकारी दिनुभयो ।
हल्दिबारी–२ मा रहेको सरस्वती नि.मा.वि. को खेलमैदानमा संचालन हुने प्रतियोगिता उद्घाटन सामुदायिक बिद्यालयका प्रधान अध्यापक र ब्यवस्थापन समिति अध्यक्षबिचमा डोरितानी खेल गराइएको थियो ।

झापा क्षेत्र नम्बर ३ प्रदेश क सांसद पुर्णसिंह राजबंशीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा राजबंशीले खेलकुदको माध्यमबाट बालबालिकाको शारीरिक र मानसिक बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । साथै यस्ता खेलकुदका कार्यक्रम सबै क्षेत्रमा आवश्यक रहेको समेत बताउनुभयो ।
वडाभरिका पाँचवटा बिद्यालयको सहभागिता रहने प्रतियोगिता स्थानीय सरस्वती नि. मा.वि. को प्राङ्गणमा सञ्चालन हुने आयोजक समितिका अध्यक्ष तथा उद्घाटन समारोहका सभापति हरिकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत सरस्वती नि.मा.वि. का ब्यवस्थापन समिति अध्यक्ष खगेन राजबंशी र सञ्चालन शिक्षक वसन्त अधिकारीले गर्नुभएको थियो । प्रतियोगितामा दौड, रुमाल लुकाइ, कवर्डी, योग, कराते लगायत १५ वटा खेलहरु सञ्चालन हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल हल्दिवारीमा वडाध्यक्ष कप शुरु

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments