Home समाचार अमरपथ सडक निर्माण कार्य प्रारम्भ

अमरपथ सडक निर्माण कार्य प्रारम्भ

झापा १६ पुस । कनकाइ नगरपालिकास्थित सुरुङ्गादेखि झापा गाउँपालिका जोड्ने मुख्य बाटो अमरपथ सडकको निर्माण कार्य प्रारम्भ गरिएको छ । राष्ट्रिय योजना अन्तरगत लगभग ५७ करोड बजेटमा आगामी चारबर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौतासहित बुधबार निर्माण कार्य प्रारम्भ गरिएको हो ।
१६ किलोमिटर लम्बाई र नालीसहित ५० फुट चौडाइ रहने बाटोको सात किलोमिटर क्षेत्रमा नाला निर्माण गरिने बताइएको छ । उक्त सडकको दुवै किनारमा ८२ फुट जग्गा बाटोका लागि छाड्ने सहमति यसअघि नै भइसकेको छ । भविष्यमा बाटो बढाउनुपर्ने अवस्था आए स्थानीयबासीका भौतिक संरचना नभत्कियोस भन्ने दुरदृष्टि राखेर सडकको दुवै किनारमा सो बराबरको जग्गा छोड्न गाउँपालिकाले आग्रह गरेको थियो ।

बुधबार आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बाटो निर्माण प्रारम्भ गर्दै गाउँकै गौरवको आयोजना भएको हुँदा निर्माण कार्यमा सहयोग गर्न सबैलाई आह््वान गर्नुभयो ।
बाटो निर्माणका क्रममा कुनैपनि कमि–कमजोरी भए खबरदारी गर्न उपभोक्तालाई आग्रह गर्दै अध्यक्ष साहले समयमै गुणस्तरयुक्त बाटो निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा झापा गाउँपालिका वडा नं–३ का अध्यक्ष मोतीलाल गणेश, ६ का अध्यक्ष हरिबहादुर बानियाँ र ७ का अध्यक्ष नेत्रप्रसाद उप्रेती, नेपाली कांग्रेस ४ नं क्षेत्रीय सचिव शिव कँडेल, नेकपाका गाउँ कमिटी अध्यक्ष रुद्र बजगाईलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा उपभोक्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
सडक निर्माण अनुगमन समितिका केशज बजगाईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भवेन्द्र भण्डारीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार अमरपथ सडक निर्माण कार्य प्रारम्भ

Most Popular

गोरु काटेर खाएको आरोपमा अर्जुनधाराबाट ३ जना पक्राऊ

झापा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा २० बर्षीय ईमन...

फुलमती खोलाले ५ विगाहा बढी खेतियोग्य जमिन कटान

शनिश्चरे । केहिदिनदेखि निरन्तर भएको अविरल वर्षाका कारण फुलमती खोलामा आएको बाढीले अर्जुनधारा–५ स्थित पानीकलमा ५ विगाहा जमिनमा लगाएको धानखेति कटान गरेको...

सुखानीमा रुख काटिएकोप्रति अर्जुनधारा कांग्रेसको आपत्ति

अर्जुनधारा ९ असोज। झापाको अर्जुनधारा नगरपालिका–९,१० र ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानभित्र अवैध रुपमा रुख काटिएको...

मावल आएकी कृतिकाको छतबाट खसेर मृत्यु

झापा । ५ दिन अघि काठमाडौंबाट झापाको विर्तामोड–५ स्थित मावली घर आएकी १३ वर्षीया कृतिका भण्डारीको छतबाट लडेर मृत्यु भएको छ ।विहिबार...

Recent Comments