Home समाचार समाचार बनावट र बानीबाट जनावरको नाम

बनावट र बानीबाट जनावरको नाम

अनेकौं जनावरको नामको उत्पत्ति अलग–अलग प्रकारले भयो । केही जनावरको नाम तिनको बनावटको आधारमा रह्यो भने केहीको तिनको बानीको आधारमा । धेरै जनावरको नाम विभिन्न भाषाबाट लिइएको छ । जलगैंडालाई अंग्रेजीमा हिप्पोपोटामस भनिन्छ । हिप्पोपोटामस शब्द यूनानी भाषाबाट लिइएको हो । हिपोसको अर्थ घोडा हो र पोटामोसको अर्थ नदी । किनकि यो जनावर पानीमा बस्न मन पराउँछ, यसैले यसको नाम जलगैंडा भनियो । यसैगरी गैंडालाई रिनोसेरस भनिन्छ । यो पनि यूनानी भाषाबाट लिइएको हो । रिनोसको अर्थ नाक र सेरासको अर्थ हो सिङ । किनकि गैंडाको नाकमा सिङ हुन्छ, यसैले यसको नाम रिनोसेरस भयो । चितुवाको शरीरमा धार हुन्छ, यसैले यसको नाम ल्याटिन भाषा अनुसार लियोपर्ड भयो । लियोपर्डको अर्थ धार भएको बाघ । केही जनावरको नाम स्थानको नामबाट आएको छ । जस्तो उँटलाई केमल भनिन्छ । केमल शब्द अरबी भाषाको गमेलबाट बनेको हो । जिराफ शब्दको उत्पत्ति पनि अरबी भाषामा भएको हो । जिराफ शब्दको अर्थ लामो गर्धन । अक्स, काउ, बुल, डीयर आदि शब्दको उत्पत्ति एग्लो सेक्सन भाषाबाट भएको हो ।
क्याट यानी बिरालो शब्द ल्याटिन, भाषाको गाटा शब्दबाट बनेको हो । हाँस पुरानो अंग्रेजीको डुस शब्दबाट बनेको हो, जसको अर्थ पानीमा गोता लगाउने भन्ने हुन्छ । ब्वाँसो यानी वुल्फ शब्दको उत्पत्ति एग्लो सेक्सनको वुल्फबाट भएको हो, जसको अर्थ हो एकप्रकारको स्याल । किनकि ब्वाँसोको स्वरुप स्यालसंग मिल्छ, यसैले यसलाई वुल्फ नाम दिइएको हो र यी जनावर बाहेक अरु जनावरको नामको उत्पत्ति पनि यसैगरी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार बनावट र बानीबाट जनावरको नाम

Most Popular

Recent Comments