Home समाचार किसानलक्षित ऋण प्रवाह गर्न शाहको आग्रह

किसानलक्षित ऋण प्रवाह गर्न शाहको आग्रह

झापा ११ पुस । झापाको गौरादह नगरप्रमुख रोहित कुमार साहले किसानहरुको जीवनस्तर उकास्ने गरी सरल ब्याजदरमा कर्जा प्रवाह गर्न वैंकहरुलाई आग्रह गर्नुभएको छ ।
सिद्दार्थ वैकको शाखा उद्घाटन गर्दै नगरप्रमुख शाहले गौराहदका अधिकांश नागरिक कृषि पेशामा आश्रित रहेकोले उनीहरुको आर्थिक समृद्धिका लागि राष्ट्र वैंकको नीति अनुरुप सहुलियतपूर्ण कर्जा प्रवाहमा जोड दिनुभएको हो ।
उहाँले विभिन्न सेवामा लगाइने शुल्कमा सहजता प्रदान गर्न बैंकलाई आग्रह गर्नुभयो । एकै स्थानमा स्थापना गरी एटीएम लाउन्जको ब्यवस्था गर्न पनि शाहले सिद्दार्थ बैंकलाई आग्रह गर्नुभयो ।


बैंकका गौरादह शाखा प्रवन्धक नुतन गिरीले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक काममा पनि सहकार्य गर्ने बताउनुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिद्धार्थ बैंकका डेपुटी सिइओ सुन्दरप्रसाद कँडेल तथा सहायक सिइओ रामेस्वर बस्यालको उपस्थिति थियो ।
बैंकका सहायक सिइओ रामेस्वर बस्यालले १७६ वटा शाखा विस्तार भइसकेको जानकारी दिदै १०१ बढी स्थानहरुमा शाखारहित बैंकिङ सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार किसानलक्षित ऋण प्रवाह गर्न शाहको आग्रह

Most Popular

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

देशबासीका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको (पूर्णपाठ)

सम्माननीय प्रधानमन्त्रीले बडा दशैंको उपलक्ष्यमा देशवासीका नाममा गर्नुभएको सम्बोधनआदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा...

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाको संसदीय...

Recent Comments