Home मनोरञ्जन आयामेली रतजमहोत्सवले जन्माएको शासंक

आयामेली रतजमहोत्सवले जन्माएको शासंक


धुलाबारी । साहित्य, संगीत र कलाको क्षेत्रमा काम गर्ने उद्देश्य राखेर जन्मिएको शासंक प्रतिष्ठान झापाले २९ औं स्थापना दिवस मनाएको छ ।
२९ औं स्थापना दिवसको अवसर पारेर प्रतिष्ठानले संगीतकार कोमल निरौलालाई सातौं स्रष्टाको रुपमा पुरस्कृत गरेको छ । प्रतिष्ठान स्थापनाको आतौं वर्षदेखि स्थापित शाशंक पुरस्कार वितरणको सातौं श्रृङ्खलामा पुरस्कृत संगीतकार निरौलालाई बरिष्ठ गीतकार तथा गायक प्रमुख गणेश रसिकले नगद राशीसहित पुरस्कार प्रदान गरेका हुन् ।
संस्थाले प्रत्येक २÷२ वर्षमा वितरण गर्ने गरी जनसहभागितामा २५ लाख रकमको अक्षयकोष स्थापना गरेको बताइएको छ ।
उक्त पुरस्कारबाट यसअघि २०५५ सालमा संगीतकार अमर गुरुङ, ०५७ मा साहित्यकार तारानाथ शर्मा, ०५९ मा ललितकलातर्फ विपिन ढुङ्गेल, चौथो पुरस्कार कुवेर राई, पाँचौं दधिराज सुवेदी र छैटौं हिम्मत नेम्वाङलाई प्रदान गरिएको संस्थाका उपाध्यक्ष केशव आचार्यले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गणेश रसिक, अतिथिहरु इलामका नागरिक अगुवा धर्म गौतम, पुरस्कृत व्यक्ति कोमल निरौला लगायतले मन्तव्य राखेका थिए ।
पुरस्कार छनौट समितिका संयोजक चन्द्र भण्डारीले पुरस्कृत व्यक्तित्वका बारेमा चर्चा गरेको कार्यक्रम प्रतिष्ठानका महासचिव मिलनकुमार ढुङ्गानाको सञ्चालन रहेको थियो ।
उद्देश्य अनुरुप राष्ट्रिय, अन्तराष्ट्रिय तथा जिल्ला तहमा साहित्यका क्षेत्रमा निरन्तर विविध कार्यक्रम गर्दै आएको प्रतिष्ठानको स्थापना २०४७ सालमा भएको संस्थाका अध्यक्ष छविलाल खतिवडाले जानकारी दिए ।
साहित्य, संस्कृति र कलाको क्षेत्रमा संलग्न झापाका साहित्यकर्मीहरुले २०४६ सालमा पहिलो पटक आयामेली साहित्यको रजतमहोत्सव मनाएपछि सोही महोत्सवको प्रेरित भएर ०४७ मा विधिवत ढंगबाट प्रतिष्ठानको स्थापना गरिएको अध्यक्ष खतिवडाले बताए ।
त्यसयता प्रतिष्ठानले धरणीधर कोइरालाको शतबार्षिकी, नेपाली साहित्यको तेश्रो आयाम सम्बन्धी अन्तराष्ट्रिय सेमिनार, नेपाल–भारत नेपाली हिन्दी मैत्रीपूर्ण कवि गोष्ठी (२०७५) जस्ता राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका कार्यक्रम सम्पन्न गरेको उपाध्यक्ष आचार्यले बताए ।
स्थापनादेखि निरन्तर रुपमा साहित्य, संगीत र कलाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएपनि राजनीतिक उथल–पुथलको प्रभावले केही समय प्रतिष्ठानमा निश्क्रियता छाएपनि विगत केही वर्षदेखि पुनः विगतकै रफ्तारमा गतिविधि अघि बढिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन आयामेली रतजमहोत्सवले जन्माएको शासंक

Most Popular

Recent Comments