Home समाचार धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय महोत्सव शुरु

धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय महोत्सव शुरु

झापा ९ पुस । पर्यटन वर्ष २०२० शुभारम्भको पूर्वसन्ध्यामा मेची उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव बुधबारदेखि शुरु भएको छ ।
मेचीनगको धुलाबारीमा आयोजित महोत्सवको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले समुद्घाटन गर्नुभएको छ । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सुखी नेपाली, समृद्ध नेपलको सपना साकार पार्न अन्तर्राष्टियस्तरको औद्योगिक व्यापारिक महोत्सवहरुले निकै ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । भ्रमण वर्षको पूर्वसन्ध्यामा मेची उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेर विदेशी पर्यटक भित्र्याउने आधारशीला तयार गरेको भन्दै प्रशंसा समेत गर्नुभयो । महोत्सवको उद्घाटन हुँदै गर्दा आकाशमा हेलिकोप्टरबाट पुष्पवर्षा गरिएको थियो ।
संघका अध्यक्ष ऋषिराज तिम्सिनाको अध्यक्षमा सम्पन्न महोत्सव उद्घाटन कार्यक्रमको महासचिव ध्रुव कनालले सञ्चालन गर्नुभएको थियो ।
महोत्सवमा केटाकेटीदेखि बृद्धबृद्धासम्मले चाहे अनुसारको मनोरञ्जन प्राप्त गर्ने, देशी विदेशी खाद्यान्न, लता–कपडालगायतका वस्तु तथा सेवा प्राप्त गर्नसक्ने स्वागतका क्रममा संघका अध्यक्ष तिम्सिनाले जानकारी दिनु भयो ।


महोत्सवमा विभिन्नखाले वस्तु तथा सेवाका २१० स्टल रहेका छन् । तीमध्ये १४ वटा बंगलादेशी, ५ वटा भारत र दुईवटा पाकिस्तानको स्टल रहेको महोत्सवको स्टल संयोजक राजुकुमार पोद्दारले जानकारी दिनुभयो । यसका साथै रोटेपिङ, मौतका कुवा, सेल्फी जाने, चाकाचुलीलगायतका मनोरञ्जनात्मक खेल तमासा रहेका छन् भने दैनिक राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने बताइएको छ ।
महोत्सवमा नेपालको उद्योग व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा आर्थिक क्षेत्र सम्बन्धित अन्तरक्रिया, संभाषण, प्यानल डिस्कसन, विदेशी उद्योगी व्यापारीहरुसँग छलफलका कार्यक्रम पनि समावेश गरिएको संघका महोत्सव आयोजक समितिका संयोजक भूमि पौडेलले जानकारी दिनुभयो । महोत्सवको मुख्य प्रायोजक एशियन थाइफुड्सको उत्पादन रमपम चाउचाउ रहेको छ भने मेचीनगर नगरपालिका प्रमुख संरक्षकको रुपमा रहेको छ ।
उद्घाटन समारोहमा प्रदेश सांसद गोपाल बुढाथोकी, राधा थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला महोत्सव समितिका संयोजक दिलसुन्दर श्रेष्ठ, महासंघका १ नं. प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्का, नेपाली कांग्रेस झापा उपसभापति राम कट्टेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
महोत्सवमा हेलिकोप्टर
महोत्सवमा हेलिकोप्टर मुख्य आकर्षणको रुपमा रहेको छ । इच्छुकले हेलिकोप्टबाट महोत्सव परिसरलगायत झापाको दृश्यावलोकन गर्न सक्नेछन् भने ताप्लेजुङको पाथीभरा दर्शन गर्नसक्ने महोत्वस सचिवालयका संचार संयोजक शिशिर चम्लागाईले जानकारी दिनुभयो ।
मार्सीदेखि केसरसम्म
महोत्सवमा नेपालका प्रख्यात कृषि उपजहरु पनि स्टलको रुपमा रहेका छन् । कर्णाली अञ्चलको जुम्लाको मार्सी चामलदेखि इलामको जौबारीमा यसै वर्षदेखि उत्पादन शुरु भएको बहुमूल्य वनस्पति केसरको स्टल रहेको संघका महासचिव कनालले बताउनु भयो ।
बिहीबारको आकर्षण
बिहीबार दिउँसो स्थानीय विद्यालयहरुको विविध प्रस्तुति रहने छ भने साँझ कलाकार कमल रसाइली, स्याण्डी एण्ड फ्युजनिष्ट व्याण्डको प्रस्तुति रहने संघका सचिव रविचन्द्र नेपालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय महोत्सव शुरु

Most Popular

अमिलो उद्योगबाट अवैध सूर्ती बरामद

झापा । विर्तामोड नगरपालिका–५ एकताटोलमा सञ्चालित अमिलो उद्योगबाट प्रहरी अवैध रुपमा राखिएको सूर्ति बरामद गरेको छ ।विर्तामोड–५ एकताटोलस्थित विवेक पाण्डेको घर भाडामा लिई पुष्प...

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो...

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न....

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ...

Recent Comments