Home समाचार दुर्घटनाका कारक 5 'O'

दुर्घटनाका कारक 5 ‘O’

झापा । निजी तथा सार्वजनिक सवारी साधन दुर्घटनामा परेर मृत्युवरण गर्नेको संख्या दिनानुदिन बढिरहेको छ । समयको वचत र सहज यात्राका लागि गन्तब्यमा हिडेका थुप्रै यात्रीले बीचबाटैमा सदाका लागि जीवनयात्रा पूर्ण गर्नुपर्ने बाध्यात्मक परिस्थितिले प्रकोपकै रुप लिइरहेकोमा सरोकारवाला तथा उपभोक्ताहरु चिन्तित छन् । तर दुर्घटनाको न्यूनिकरणका लागि सरकारले चालेका कदम निष्प्रभावी भएका छन् ।
नेपालका केही त्यस्ता ठाउँहरु छन्–जुन दुर्घटनाको ट्रान्जिट पोइन्ट बनिरहेका छन् । त्रिशुली नदी, सिन्धुलीका केही स्थान अति दुर्घटनाग्रस्त क्षेत्र कहलिदै आएका छन् । ‘पहाडी क्षेत्रबाट आउने सवारी अति घुमाउरो ट्रनिङमा आएपछि कन्ट्रोल नभई त्रिशुलीमा गाडी खस्ने गरेको छ’– यातायात ब्यवस्था कार्यालय मेचीका निमित्त प्रमुख गोपीचन्द्र बोहोराले रिपोर्टर्स क्लव विर्तामोडमा आयोजित अन्तरक्रियामा भने–‘अति दुर्घटना हुने ट्रनिङयुक्त बाटोमा सेफ्टीवाल बनाउनुपर्ने हो, यसमा सरकारको ध्यान गएको देखिदैन ।’
दुर्घटनाको मुख्य कारण छुइु (फाइभ ओ) अर्थात ओभरस्पिड, ओभरट्याक, ओभरलोड, ओभरड्रिङ्क, ओभर कन्फिडेन्स आदि कारणले सवारी दुर्घटना हुने गरेको बताए । यान्त्रीकरणमा समस्या पनि दुर्घटनाको प्रमुख कारण हो । ‘कन्फिडेन्ट नभएका चालकबाट सवारी दुर्घटना हुँदैन’–बोहोराले भने–‘सिकारु चालकले विस्तारै हाँक्छ, सावधानी अपनाउँछ, तर जति कन्फिडेक्ट बढ्दै जान्छ, चालकले त्यत्तिकै स्पिड बढाउँछ, यसले दुर्घटना बढ्छ।’
‘राज्यले तोकेको मापदण्ड अर्थात एट (ड) र ब्याकअपले मात्रै चालक लाइसेन्स प्राप्त गर्न र सवारी सञ्चालनका लागि पर्याप्त जानकार हुन सक्दैन’–उनले भने–‘रोड परिक्षण पनि उत्तिकै आवश्यक छ ।’ तर राज्यले तोकेको मापदण्डका आधारमा लाइसेन्स दिनैपर्ने बाध्यता रहेको उनको भनाई छ । सवारी दुर्घटनामा २० देखि ३० बर्षका युवाहरु बढी पर्ने गरेको उनको भनाइ छ ।

झापामा तथ्याङ्क हेर्दा मंसीरसम्ममा एकसय ११ वटा सवारी दुर्घटनामा पर्दा २९ जनाले ज्यान गुमाएका छन । दुर्घटनामा संलग्नमध्ये ८५ वटा अर्थात कुल दुर्घटनाको ८९ प्रतिशत दुइपाङ्ग्रे अर्थात मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा सार्वजनिक भन्दा निजी सवारी बढी छन् ।
‘कानुनी रुपमा ट्राफिकको जिम्मेवारी कम छ तर कामको चाप अत्यधिक छ’–अधिकारीले भने–‘मेचीमा गुड्ने सवारीको चापलाई हेर्ने हो भने एउटा ट्राफिकको भागमा साढे अठार सय सवारी पर्छन् । अनि यो भार कसरी थेग्ने ?’
अटो रिक्साका कारण पनि सवारी दुर्घटना बढाएको अधिकारीको भनाई छ । उनका अनुसार झापा यातायात कार्यालय मेचीमा आठ हजार अटो रिक्सा दर्ता छन् । तीमध्ये कति ग्रामीण तहमा चल्ने र कति शहरी क्षेत्रमा चल्ने भन्ने कुनै मापदण्ड छैन–अधिकारीले भने ।
दुर्घटना न्युनिकरणका लागि राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुब्बाले सवारी ऐन फितलो हुनु दुर्घटनाको प्रमुख कारण रहेको बताए । ‘दुर्घटनाको स्वतन्त्र अनुसन्धान गर्न ट्राफिक प्रहरीलाई दिने र चालकलाई अत्यधिक दण्डजरिवानाको ब्यवस्था गर्ने हो भने ९० प्रतिशत दुर्घटना कम हुन्छ’–सुब्बाले भने ।
राष्ट्रिय यातायात ब्यवसायी महासंघका अध्यक्ष राजेन्द्र रिजालले काबुबाहिरबाट भएको दुर्घटना र लापरबाहीले भएको दुर्घटनाको अनुसन्धान गरी लापरबाहीले भएको दुर्घटनाका चालकलाई अत्यधिक कारबाही गर्नुपर्नेमा जोड दिए ।
यातायात सञ्चालन ऐन २०४९ को दफा ८२ मा सवारी साधन पर्याप्त भएको ठहर गरेमा यातायात ब्यवस्था कार्यालयका प्रमुखले सवारी अनुमति पत्र नदिने ब्यवस्था कार्यान्वयनमा नआएको बताउँदै यातायात ब्यवसायी रिजालले सडकको अवस्थालाई हेरेर यो ऐनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
‘ट्राफिक नियम, सवारी सञ्चालन र सडक प्रयोगका विषयवस्तु विद्यालय तहकै पाठ्यक्रममा समेट्नुपर्छ’–रिजालले भने–‘विस्कुन, छाडा चौपाया, निर्माण सामग्रीको भारसमेत सडकले थेग्नुपर्ने अवस्थाको अन्त्य गर्दै राष्ट्रिय राजमार्गलाई अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने ठाउँ सडक भएकाले निर्वाध सवारी सञ्चालनको ब्यवस्था मिलाउन जरुरी छ।’ अति दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरेर न्युनिकरणका लागि पहल गर्नुपर्ने उनको भनाइ छ ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५–७६ मा १३ हजार ३ सय ६६ सवारी साधन दुर्घटना हुँदा दुईहजार ७ सय ८९ जनाले ज्यान गुमाएका थिए भने ४ हजार ३ सय ७६ जना गम्भीर र १० हजार ३ सय ६० जना सामान्य घाइते भएका थिए । चालु आ.व.को ५ महिना अवधिमा सातहजार पाँचसय पाँचवटा सवारी दुर्घटना हुँदा एकहजार ३० ज्यानले ज्यान गुमाएका छन् । ती दुर्घटनामा परी चारहजार तीनसय ७६ जना गम्भीर र १० हजार ३ सय ६० जना सामान्य घाइते भएको तथ्याङ्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार दुर्घटनाका कारक 5 'O'

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments