Home शिक्षा हरि वेदविद्यालयको नयाँ भवन बन्ने

हरि वेदविद्यालयको नयाँ भवन बन्ने

झापा ८ पुस । गोलोक गोवर्धन गौशाला श्रीशताक्षीधाम द्वारा संचालित हरि वेदविद्यालयको नयाँ भवन निर्माण हुने भएको छ । आर्थिक अवस्था कमजोर भएका संस्कृत शिक्षा र अन्य प्राविधिक शिक्षासंग रुची राख्ने बटुकहरुलाई संस्कृति, कम्प्युटर शिक्षा, संगित एवं ज्योतिष विद्याको ज्ञाने दिने उद्देश्यले सञ्चालित हरि वेदविद्यालयको भवन निर्माणका लागि शिलान्यास भएसंगै नयाँ भवन बन्ने निश्चित भएको हो ।
विद्यालय भवन निर्माणका लागि प्रदेश सांसद ज्योतिसिं दर्लामीले १ नम्बर प्रदेशका अर्थमन्त्री इन्द्र आङ्वोसम्म विद्यालय भवन निर्माणका लागि प्रस्ताव पुर्याएको र उक्त प्रस्तावमा अर्थमन्त्री आङ्वो पनि सकारात्मक रहेको बुझिएको छ ।


गोलोक गोवर्धन गोशाला शताक्षीधामद्वारा सञ्चालित हरि वेदविद्यालयको आधुनिक तथा सुविधायुक्त हुने गौशालाका संरक्षक नन्दकिशोर भारद्धाजले बताउनु भएको छ ।
विगत चारवर्षदेखि सञ्चालित उक्त विद्यालयमा हाल २२ जना बटुक अध्ययरत छन् । आधुनिक र सुविधा सम्पन्न तीनतले भवन निर्माण गर्ने लक्ष्य राखेर शिलान्यास गरिएको भवन निर्माणका लागि ५० लाख लागत अनुमान गरिएको संरक्षक भारद्धाजले बताउनु भयो । सबैको सहयोगबाट निर्माण गरिने भवन निर्माणका लागि गौशालाले आम जन समुदायसंग आर्थिक सहयोगको आह््रवान समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

शिक्षा हरि वेदविद्यालयको नयाँ भवन बन्ने

Most Popular

Recent Comments