Home खेल अध्यक्ष कप भलिबल शरणामतीमा

अध्यक्ष कप भलिबल शरणामतीमा

झापा ५ पुस । झापाको झापा गाउँपालिका शरणामतीमा आगामी पुस १४ गतेदेखि १९ गतेसम्म प्रथम अध्यक्ष कप प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।
झापा गाउँपालिकाको आयोजनामा हुने सो प्रतियोगितामा झापाका १० गाउँपालिका सहित प्रदेश नम्बर एकका २४ पालिकाहरुको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बुले शनिवार जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले पुरस्कार स्वरुप एकलाख एकहजार एकसय ११, दोस्रो हुनेले ७१ हजार एकसय ११, तेस्रोले २१ हजार एकसय ११ र सान्त्वनाले ११ हजार एक ११ प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्ज, स्टाइकर, ब्लकर, सर्भर, लिफ्टरलाई जनही पाँच÷पाँच हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
स्थानीय जनता माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता सञ्चालनका सात लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । जसमध्ये झापा गाउँपालिकाले चारलाख रुपैयाँ सहयोग गरेको आयोजकले जनाएका छन् ।
सो अवसरमा झापा गाउँपालिका वडानम्बर–६ का वडाध्यक्ष हरिप्रसाद बानियाँ, भलिवल संघ नम्बर एकका सचिव लेखनाथ पराजुली लगायातले खेलले खेल पर्यटन र स्थानीय खेलाडीको क्षमता बढाउने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल अध्यक्ष कप भलिबल शरणामतीमा

Most Popular

गोरु काटेर खाएको आरोपमा अर्जुनधाराबाट ३ जना पक्राऊ

झापा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा २० बर्षीय ईमन...

फुलमती खोलाले ५ विगाहा बढी खेतियोग्य जमिन कटान

शनिश्चरे । केहिदिनदेखि निरन्तर भएको अविरल वर्षाका कारण फुलमती खोलामा आएको बाढीले अर्जुनधारा–५ स्थित पानीकलमा ५ विगाहा जमिनमा लगाएको धानखेति कटान गरेको...

सुखानीमा रुख काटिएकोप्रति अर्जुनधारा कांग्रेसको आपत्ति

अर्जुनधारा ९ असोज। झापाको अर्जुनधारा नगरपालिका–९,१० र ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानभित्र अवैध रुपमा रुख काटिएको...

मावल आएकी कृतिकाको छतबाट खसेर मृत्यु

झापा । ५ दिन अघि काठमाडौंबाट झापाको विर्तामोड–५ स्थित मावली घर आएकी १३ वर्षीया कृतिका भण्डारीको छतबाट लडेर मृत्यु भएको छ ।विहिबार...

Recent Comments