Home खेल प्रथम त्रि–नेशन अन्तर्राष्ट्रिय प्रतियोगितामा शनिबार आन्तरिक प्रतिष्पर्धा

प्रथम त्रि–नेशन अन्तर्राष्ट्रिय प्रतियोगितामा शनिबार आन्तरिक प्रतिष्पर्धा

इन्द्रकुमार राई
झापा ५ पुस ।
झापाको अर्जुनधारा नगरपालिका–९ स्थित बाह्रघरेमा प्रथम त्रि–नेशन अन्तर्राष्ट्रिय महिला तथा पुरुष कराँते प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।
पर्यटन वर्ष २०२० लाई सफल पारौ, खेलकुदलाई पर्यटन विकाससंग हातेमालो गरौं स्वास्थ्य र राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ नेपाल सितोरियो कराँते बाह्रघरे डोजो समितिले प्रतियोतिा आयोजना गरेको हो ।
प्रतियोगिताको उद्घाटन प्रदेश सांसद बृखबहादुर प्रधानले गर्नु भएको थियो । प्रतियोगिता उद्घाटनको दिन शनिवार आन्तरिक प्रतियोगितामा २५ के.जी तौलतर्फ निकेश कार्की प्रथम, विपिन भट्टराई दोस्रो, सुमन पौडेली र विवेश कार्की तेस्रो भएका छन् ।
त्यसैगरी ३० केजी तौलतर्फ प्रनिल लिम्बू पहिलो, साकेत तामाङ दोस्रो, अनुप परियार र प्रण लिम्बू तेस्रो भएको छन् भने ३५ केजीतर्फको समहूमा संदिप बस्नेत प्रथम, अंकित सुब्बा दोस्रो, संदिप विक र सागर राई तेस्रो भएका छन् ।


आन्तरिक प्रतियोगितामा विजेतालाई प्रमाण पत्र र ट्रफी प्रदान गरिएको प्रतियोगिता आयोजकले जनाएको छ । शनिवार आन्तरिक प्रतियोगिता मात्र भएकोे त्रि–नेशन प्रतियोगिता आइतबार हुने रेफ्री संयोजक कुमार उप्रेतीले जानकारी दिनुभयो ।
सोही अवसरमा नेपाल कराँते महासंघका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, १३ औं साग विजेता एस्तर राई, साउथ एसियन रेफ्री कमिशन सदस्य विशन मोते र अन्तर्राष्ट्रिय बडी विल्डिङ विजेता तुलबहादुर श्रेष्ठलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
गायीका जस्मिन बरालले गीत प्रस्तुत गरेको कार्यक्रममा स्थानीय सृजना शिशु सदनका विद्यार्थीहरुले नृृत्य प्रस्तुत गरेका थिए ।
नेपाल सितोरियो कराँते बाह्रघरे डोजो समितिका अध्यक्ष नारदमणी नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रधान, सम्मानितका तर्फबाट मदनकुमार उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
राष्ट्रिय खेलकुद परिषदका कराँते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सिताराम थापाले गर्नुभएको थियो । प्रतियोगिता आइतबार सम्पन्न हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल प्रथम त्रि–नेशन अन्तर्राष्ट्रिय प्रतियोगितामा शनिबार आन्तरिक प्रतिष्पर्धा

Most Popular

अमिलो उद्योगबाट अवैध सूर्ती बरामद

झापा । विर्तामोड नगरपालिका–५ एकताटोलमा सञ्चालित अमिलो उद्योगबाट प्रहरी अवैध रुपमा राखिएको सूर्ति बरामद गरेको छ ।विर्तामोड–५ एकताटोलस्थित विवेक पाण्डेको घर भाडामा लिई पुष्प...

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो...

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न....

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ...

Recent Comments