Home समाचार समाचार परोपकार समाजको अध्यक्षमा ढुङ्गाना

परोपकार समाजको अध्यक्षमा ढुङ्गाना

झापा ५ पुस । परोपकार समाज विर्तामोडको अध्यक्षमा होमनाथ ढुङ्गाना चयन हुनुभएको छ ।
संस्थाको शनिवार सम्पन्न नवौ साधारण सभा तथा २० बार्षिकोत्सवले आगामी चार वर्षे कार्यकालका लागि ढुङ्गानाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जीवनकुमार श्रेष्ठ, सचिवमा पुष्पा दाहाल, सहसचिवमा कृष्ण उप्रेती र कोषाध्यक्षमा रिता तिम्सिना चयन हुनु भएको संस्थाका सल्लाहकार रुपक खनालले जानकारी दिनुभयो ।
समितिका सदस्यहरुमा टेकनाथ नेपाल, कान्तिबहादुर कार्की, मीना अधिकारी तिम्सिना, बद्री बराल, कृष्ण संग्रौला र पुष्करनाथ नेपाल रहेका छन् ।
यसअछि संस्थाका अध्यक्ष बलराम खनालको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महातारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चार ज्येष्ठ नागरिक र एक असल गृहिणीलाई सम्मान गरिएको थियो ।


सम्मानित हुनेहरुमा रुपा उप्रेती, सुरनबहादुर बस्नेत, घनश्याम न्यौपाने, धर्मराम बास्तोला, नर्वदा गुरागाँई र असल गृहिणी सकुन्तला पाठकलाई नगदसहित सम्मान–पत्र र दोसल्लाद्वारा सम्मान गरिएको हो । सम्मानित सबैलाई प्रमुख अतिथि प्रसाई, विशेष अतिथि विर्तामोड नगरपालिका वडा नं–४ का अध्यक्ष कुलप्रसाद संग्रौलाले सम्मान गरेका थिए ।


सम्मानित व्यक्तिको सम्मान पत्र परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुपक खनालले वाचन गर्नुभएको थियो ।
सो अवसरमा संस्थाको २० वर्षे यात्रा समेटिएको परोपकार दर्पण समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, विशेष अथिति संग्रौला, परोपकार दर्पण तयारी समितिका सदस्य तथा सल्लाहकार गुरुभक्त न्यौपाने, संस्थाका सल्लाहकार खगेन्द्रप्रसाद ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उपाध्यक्ष हरिप्रसाद तिम्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार परोपकार समाजको अध्यक्षमा ढुङ्गाना

Most Popular

Recent Comments