Home खेल अन्तर्राष्ट्रिय महिलापुरुष कराँतेको तयारी अन्तिम चरणमा

अन्तर्राष्ट्रिय महिलापुरुष कराँतेको तयारी अन्तिम चरणमा

इन्द्रकुमार राई
शनिश्चरे ३ पुस ।
यही पुस ५ गते झापाको अर्जुनधारा–९ स्थित बाह्रघरेमा सञ्चालन हुने प्रथम त्रि–नेशन आमन्त्रित अन्तर्राष्ट्रिय महिला÷पुरुष कराँते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘स्वास्थ्य र राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ नेपाल सितोरियो कराँते बाह्रघरे डोजोको आयोजनामा हुने कराँते प्रतियोगितामा नेपाल, भूटान र भारतसहित १० वटा डोजो टिमका दुईसय खेलाडी सहभागि हुने बताइएको छ ।


प्रतियोगितामा ४० देखि ६० के.जी. तौलसम्म महिला÷पुरुषको तौल निर्धारण गरिएको छ । झापाका विभिन्न डोजोहरुको आन्तरिक प्रतियोगितामा छनौट भएका खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने राष्ट्रिय खेलकुद परिषदका कराँते प्रशिक्षक दुर्गाराज निरौलाले जानकार िदिनुभयो ।
प्रशिक्षक निरौलाले रेफ्री संयोजक कुमार उप्रेतीले रेफ्रीको सम्पूर्ण व्यवस्था मिलाई सकेको र खेल डिजिटल प्रविधिबाट खेलाइने बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च अनुमान गरिएको बताइएको छ । प्रतियोगितामा सहभागि हुन पुष ४ गते नै भारत, भुटानका र नेपालका खेलाडीहरु आउने बताइएको छ । स्वदेश तथा विदेशबाट भित्रिने खेलाडीलाई खाने–बस्ने व्यवस्था मिलाई सकेको आयोजक नेपाल सितोरियो कराँते बाह्रघरे डोजो समितिका अध्यक्ष नारद नेपालले जानकारी दिनुभयो । बाह्रघरे खानेपानी ट्याङ्कीको खेलमैदानमा हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

खेल अन्तर्राष्ट्रिय महिलापुरुष कराँतेको तयारी अन्तिम चरणमा

Most Popular

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

Recent Comments