Home समाचार बुद्धशान्तिमा ४ गते सार्वजनिक सुनुवाई

बुद्धशान्तिमा ४ गते सार्वजनिक सुनुवाई

झापा २ पुस । झापाको बुद्धशान्ति गाउँपालिकाले पुस ४ गते सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय रामजानकी मन्दिरको सभाहलमा आयोजित सार्वजनिक सुनुवाईको आयोजना गरिएको प्रशासकीय अधिकृत इन्द्रमणी चापागाँईले जानकारी दिनुभयो ।
गाउँपालिकाले जनताको गुनासो सुन्ने र उनीहरुको भावना अनुरुप सेवाप्रवाहमा कमजोरी भएको भए सुधार गर्ने तथा जनगुनासोलाई सम्बोधन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले सार्वजनिक सुनुवाईको आयोजना गरेको बताइएको छ । साथै स्थानीय तहले आर्थिक वर्षमा तीनपटक सम्म सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था अनुसार आर्थिक वर्ष २०७६÷७७ को प्रथम चौमासिक अवधी पछि गाउँपालिकाले सार्वजनिक सुनुवाई आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बुद्धशान्तिमा ४ गते सार्वजनिक सुनुवाई

Most Popular

Recent Comments