Home समाचार कालिकापीठको स्मारिका विमोचन

कालिकापीठको स्मारिका विमोचन

झापा । कालिकापीठ कालिस्थानको इतिहास समेटेर तयार पारिएको कालिकापीठ स्मारिकाको शुक्रबार आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
कालिकापीठको इतिहास र विकासक्रम, वेदान्त दर्शन, पुराणादी ग्रन्थको परिचय, दाता परिचय, सामाजिक विषयवस्तु तथा बैदिक सनातन र कर्मकाण्ड सम्बन्धी विषय वस्तु समेटेर तयार पारिएको स्मारिकाको कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, पीठका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेल लगायतले विमोचन गर्नु भएको थियो ।


२४० पृष्ठमा समेटिएको स्मारिकामाथि पं. भीम नेपालले समिक्षा गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि राना, नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाल महिला संघ झापाकी अध्यक्ष शुशिला ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पीठको १६ औं बार्षिक अनुष्ठानका रुपमा आयोजना गरिएको पद्म महापुराणको छैटौं दिन पारेर विमोचित स्मारिका प्रकाशनबारे पीठका अध्यक्ष पोखरेलले प्रकाश पार्नुभएको थियो । स्मारिका प्रकाशनको लामो प्रयासपछि यस वर्ष संभव भएको पोखरेलले बताउनु भयो । अध्यक्ष पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गरेको पीठका उपाध्यक्ष डिल्लीराम दाहालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कालिकापीठको स्मारिका विमोचन

Most Popular

Recent Comments