Home समाचार उत्पादन अभ्यास सम्बन्धी व्यवसायीलाई तालिम

उत्पादन अभ्यास सम्बन्धी व्यवसायीलाई तालिम

झापा २७ मंसीर । बेकरी तथा नुडल्स उत्पादकहरुका लागि आयोजित दुईदिने असल उत्पादन सभ्यास सम्बन्धि तालिम सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना तथा जिल्ला लघु उद्यमी समूह संघको सह–आयोजनामा विर्तामोडमा आयोजित तालिममा झापा जिल्ला भरीका ५० बढी उत्पादकहरुको सहभागिता रहेको थियो ।


तालिममा खाद्य उत्पादन सम्बन्धि संस्था दर्ता प्रक्रिया देखि त्यसको उद्देश्य, खाद्य वस्तुको स्वच्छता तथा जोखिम व्यवस्थापन, खाद्य सुरक्षा व्यवस्थापन, खाद्य उद्योगमा असल उत्पादन अभ्यासका पक्ष र महत्व, सरसफाई, खाद्य सामग्रीमा दुषित व्यवस्थापन, खाद्य स्वच्छता र गुणस्तर कायम गर्न अपनाउनुपर्ने सिद्धान्त, खाद्य ऐन नियम, गुणस्तरको मापदण्ड सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
त्यस्तै खाद्य ऐनमा भएका व्यवस्था, खाद्य पदार्थमा रंग, परिरक्षी तथा योगशिलको प्रयोगको मात्रा, बन्देज, प्याकेजिङ्ग तथा लेवलिङ्ग, उद्योग स्थापना र पूर्वाधार, सिफारिस र अनुज्ञापत्र, घरेलु तथा साना उद्योगका चुनौति र अवसरहरु लगायतका विषयवस्तुमाथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका सूचना अधिकृत सञ्जय भण्डारी, काँशीनाथ घिमिरे र छविलाल खतिवडाले सहजीकरण गरेका थिए ।
तालिम समापन कार्यक्रममा रुद्रमणी श्रेष्ठ, कञ्चन बेकरी उद्योगका सञ्चालक भीमा शिवाकोटी, जिल्ला लघु उद्यमी समूह संघकी अध्यक्ष निर्मला खत्री लगायतले तालिमको उपयोगिताबारे आ–आफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार उत्पादन अभ्यास सम्बन्धी व्यवसायीलाई तालिम

Most Popular

Recent Comments