Home समाचार विर्तामोड खानेपानी संस्थाको निर्वाचन सम्पन्न, मत गणना भोली

विर्तामोड खानेपानी संस्थाको निर्वाचन सम्पन्न, मत गणना भोली

झापा । विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आगामी तीन वर्षे कार्यकालका लागि आज (बुधबार) मतदान सम्पन्न भएको छ । कार्यालय परिषरमा सञ्चालित मतदानमा दुईहजार आठसय १३ मत खसेको निर्वाचन अधिकृत टंक उप्रेतीले जानकारी दिनुभयो ।
विहान ८ बजेदेखि सुरु मतदान प्रक्रिया अपरान्ह्र साढे चारबजे सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । तीनहजार सातसय १३ मतदाता मध्ये दुईहजार आठसय १३ मत खसेको हो ।


संस्थाका आगामी नेतृत्वका लागि लोकतान्त्रिक समूहबाट जलकुमार गुरुङको नेतृत्वमा उपाध्यक्षमा पर्शुराम सिटौला, सचिवमा मेघराज बास्तोला, कोषाध्यक्षमा शारदा रिजाल, महिला सदस्यहरुमा माया खड्की प्रधान, बाला खरेल र सिता भट्टराई काफ्ले तथा पुरुष सदस्यमा पारस मैनाली र देवेन्द्र सिटौला उम्मेद्वार रहेका छन् ।
त्यसैगरी ज्ञानुराम प्रसाईको नेतृत्वमा रहेको प्रगतिशील प्यानलको उपाध्यक्षमा बुद्धि घिमिरे, सचिवमा जनबहादुर जवेगु, कोषाध्यक्षमा कमलप्रसाद पौडेल र सदस्यहरुमा महिलातर्फ हिमा प्रसाई, विनिताकुमारी राजवंशी र सिता सापकोटा (सन्ध्या) रहेका छन् भने पुरुष सदस्यमा शंकरराज ढुङ्गेल र श्रीप्रसाद सिटौला रहेका छन् । विर्तामोड खानेपानीको नेतृत्वका लागि भएको निर्वाचनमा दुई ठूला दलबीच नै प्रतिष्पर्धा भएको यसलाई राजनीतिक प्रतिष्ठाका रुपमा हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विर्तामोड खानेपानी संस्थाको निर्वाचन सम्पन्न, मत गणना भोली

Most Popular

Recent Comments