Home समाचार पहिले भोट अनि बेहुली घर

पहिले भोट अनि बेहुली घर

झापा । लोकतान्त्रिक प्रक्रियामा निर्वाचनको महत्व ठूलो हुन्छ । निर्वाचनमा होमिएपछि उम्मेद्वारका लागि एकमतको निर्णायक बनिदिन्छ कहिले काँहि । त्यसो त मतदान गरेर आफूले रोजेको उम्मेद्वारलाई जिताएर अभिमत व्यक्त गर्ने मतदाताका लागि पनि अवसर मात्र होइन इमान्दार र विवेकशील मतदाताको जिम्मेवारी पनि हो । त्यही जिम्मेवारी पूरा गरे विर्तामोड–६ का सागर अधिकारीले ।
सही नेतृत्व छान्ने अवसरमा संयोग जो कोहीलाई मिल्दैन । त्यही अवसर र संयोग जुर्यो अधिकारीलाई । मंसीर २५ गते बुधबारका दिन अधिकारीको विर्तामोड–१० की ज्योति पोखरेलसंग लगनगाँठो कसिंदै थियो । बुधबार नै विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकोे पनि निर्वाचनको दिन परेको थियो । सोही दिन जन्ती लिएर बेहुली घर पुग्नु भन्दा अघि बेहुलाकै भेषमा खानेपानीमा आफूले चाहेको नेतृत्व छान्न उनी मतदानमा सहभागि भए ।


११ बजे अगावै बेहुली घर पुग्नुपर्ने भएपनि मतदान गरेर मात्र जाने क्रममा निर्धारित समयभन्दा निकै ढिला भइसकेको थियो । मतदानस्थलमा मतदान गर्न पुगेका सागरलाई पत्रकारले राखेको जिज्ञासामा भने–‘अलिकति समय ढिलो भएर के हुन्छ र ? स्वस्थ्य जीवनसंग जोडिएको कुरा हो पानी भनेको ।’ उनले थपे–‘स्वच्छ पानी पिउन पाए मात्रै स्वस्थ जीवन जिउन सकिन्छ । खानेपानी संस्थामा काम गर्ने मान्छे छान्ने यो अवसर र जिम्मेवारी हो त्यसैले अवसरको सदुपयोग गर्दै जिम्मेवारी पूरा गर्दा थोरै ढिलो भएर केही हुन्न ।
विर्तामोड खानेपानीको आज भइरहेको निर्वाचनमा लोकतान्त्रिक समूह र प्रगतिशील प्यालनको तिब्र प्रतिष्पर्धा देखिएको छ । लोकतान्त्रिक समूहको नेतृत्व जलकुमार गुरुङले गरेका छन् भने प्रगतिशीलको ज्ञानुराम प्रसाईले गरेका छन् । खास गरी नेपाली कांग्रेस र नेकपाको राजनीतिक प्रतिष्ठाका रुपमा हेरिएको खानेपानीको निर्वाचनमा मतदानका लागि ३७१३ जना मतदाताले मतदान गर्न पाउने कार्यसम्पादन समितिले जनाएको छ ।
प्राप्त जानकारी अनुसार दिउँसो डेढ बजेसम्ममा १७ सय १३ जनाले मतदान गरिसकेकोे बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार पहिले भोट अनि बेहुली घर

Most Popular

Recent Comments