Home समाचार ट्रक र कारसंग मोटरसाईकल ठोक्किंदा एकको मृत्यु

ट्रक र कारसंग मोटरसाईकल ठोक्किंदा एकको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको कोटीहोममा ट्रक र कारसंग मोटरसाईकल ठोक्किंदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोरङ अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साहको मृत्यु भएको हो ।
मंगलबार बिहान–६ बजेतिर सडकको छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाईकल ट्रकको पछाडी आफै ठोक्किएर उछिट्टिंदा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १च ४२८१ नम्बरको कारमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइते साहलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । ट्रक चालक, र कार चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ट्रक र कारसंग मोटरसाईकल ठोक्किंदा एकको मृत्यु

Most Popular

हुण्डाईको ‘नयाँक्रेटा-दि अल्टिमेट एस.यू.भि’नेपाली बजारमा

झापा । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्रआधिकारिक बिक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाईको “नयाँ क्रेटा(दि अल्टिमेट एस.यू.भि”नेपाली बजारमा सार्वजनिक गरेको छ । सो...

सयपत्रीमा यामाहाको जेडआर स्कूटर

विर्तामोड । यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ विर्तामोडमा सार्वजनिक गरिएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले नयाँ...

कोरोनाबाट २४ घण्टामा १ हजार ४९७ मा संक्रमण, १७ को निधन

झापा । पछिल्लो २४ घण्टामा ११ हजार ४५५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४९७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने यो...

पारिश्रमिक नदिने विद्यालय बिरूद्ध इस्टुले कानूनी उपचार खोज्ने

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको असोज ३ गतेको जिल्ला भेलाको निर्देशन अनुसार श्रम ऐन तथा कम्पनी ऐनको निर्दिष्ट सिद्धान्त...

Recent Comments