Home समाचार लोकतान्त्रिक र प्रगतिशील प्यानल चुनावी प्रतिष्पर्धामा

लोकतान्त्रिक र प्रगतिशील प्यानल चुनावी प्रतिष्पर्धामा

विर्तामोड । मंसीर २५ गते हुने विर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा दुई पक्षको प्रतिष्पर्धा निश्चित भएको छ । लोकतान्त्रिक समूह र प्रगतिशील समूहले आ–आफ्नो तर्फबाट प्यानल नै खडा गरेर उम्मेद्वारी दर्ता गरेसंगै दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको हो ।
आगामी ३ वर्षे कार्यकालका लागि हुने मतदानका लागि दुवै प्यानलले आइतबार मनोनयन दर्ता गराएको निर्वाचन समिति सदस्य कृष्ण हुमागाँईले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस र राप्रपाको संयुक्त प्यानल लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा जलकुमार गुरङले मनोनयन दर्ता गराएका छन् भने नेकपाको समूह प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षमा ज्ञानुराम प्रसाईले उम्मेद्वारी दर्ता गराएका छन् ।
लोकतान्त्रिक समूहका तर्फबाट उपाध्यक्षमा पर्शुराम सिटौला, सचिवमा मेघराज बास्तोला, कोषाध्यक्षमा शारदा रिजाललाई चुनावी मैदानमा उभ्याएको छ ।
नेपाली कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक समूहले महिला सदस्यत्रयमा माया खड्की, बाला खरेल र सिता काफ्ले भट्टराई तथा पुरुष सदस्यमा पारस मैनाली र देवेन्द्र सिटौला मनोनयन दर्ता गरी चुनावी मैदानमा छन् ।
त्यस्तै प्रगतिशील प्यानलका तर्फबाट उपाध्यक्षमा बुद्धि घिमिरे, सचिवमा जनबहादुर जवेगु र कोषाध्यक्षमा कमलप्रसाद पौडेललाई अघि सारेको छ । समितिका सदस्यहरुमा महिला नौ सदस्यीय खानेपानीको कार्य समितिका सदस्यहरुमा महिलातर्फ हिमादेवी प्रसाई सिता सापकोटा (सन्ध्या), बबिता राजवंशी, श्रीप्रसाद सिटौला र शंकरराज ढुङ्गेलले आ–आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।
६५ सय उपभोक्ता रहेको विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आगामी नेतृत्व चयनका लागि तीनहजार सात सय १२ जना मतदाताले संस्थाले तोके अनुसारको मापदण्ड पूरा गरी मतदान गर्न पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार लोकतान्त्रिक र प्रगतिशील प्यानल चुनावी प्रतिष्पर्धामा

Most Popular

Recent Comments