Home शिक्षा नेविसंघद्वारा आयोजित हाजिरीजवाफमा धुलावारी मावि प्रथम

नेविसंघद्वारा आयोजित हाजिरीजवाफमा धुलावारी मावि प्रथम

विर्तामोड । नेपाल विद्यार्थी संघ झापाले आयोजना गरेको अन्तर स्थानीय तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि. मेचीनगर प्रथम भएको छ ।
कनकाई एजुकेशन फाउण्डेशन विर्तामोडमा आयोजित प्रतियोगितामा अन्य ११ प्रतिष्पर्धीलाई उछिन्दै धुलाबारी मा.वि.ले प्रथम स्थान ल्याएको हो । प्रथम भएसंगै धुलावासी माविले १९ हजार रुपैयाँ नगद, ट्रफी र मेडल हात पारेको हो । विजयी विद्यार्थीहरुको समूहलाई नेपाली कांग्रेस झापाका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि उद्वव थापाले ट्रफी,नगद पुरस्कार र मेडल प्रदान गर्नुभयो ।

देशको भविष्य विद्यार्थीको हातमा निर्भर रहने बताउँदै उहाँले अनुशासन, इमान्दारिता र अध्ययनमा अब्बल बन्न विद्यार्थीलाई आह्वान गर्नुभयो ।
प्रतियोगितामा निहारिका मावि कमल, जनता मा.वि. गौरादह र हिमाली मा.वि. दमकको बराबरी स्कोर भएपछि पुनः तीन समूहबीच प्रतिष्पर्धा गराइएको थियो । तीन समूहबीचको प्रतिष्पर्धामा हिमालय मावि दमक दोस्रो र निहारिका मा.वि. कमल तेस्रो भएका छन् । प्रतिष्पर्धामा दोस्रो स्थान हात पार्ने हिमालय माविले १४ हजार नगद, ट्रफी र मेडल तेस्रो हुने निहारिकाले १० हजार रुपैयाँ हात पारेको नेविसंघ झापा जिल्ला प्रवक्ता सञ्जय निरौलाले जानकारी दिनुभयो । ।
१२ वटा स्थानीय तहका १२ विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागी प्रतियोगिताका सवै प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमका विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमाणपत्र प्रदान गर्नुभएको ने.वि.संघ झापा उपाध्यक्ष भवानी काफ्लेले जानकारी दिनुभयो ।
ने.वि.संघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रमका बीच २०४७ सालमा कनकाई क्याम्पसमा ने.वि.संघ स्थापना गर्दा संस्थापक अध्यक्षको नेतृत्व लिने सन्तोष सिटौलालाई सम्मान पत्रद्वारा सम्मान गरिएको मिलन चापागाईले जानकारी दिनुभयो ।
नेविसंघ पूर्व सहमहामन्त्री उमा शिवाकोटी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, राजेन्द्र चौलागाई, पोषराज कटुवाल, सन्तोष उप्रेती लगायत विद्यार्थी नेताहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सञ्जय निरौला र गोकुल पौडेलले संयुक्त रुपमा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

शिक्षा नेविसंघद्वारा आयोजित हाजिरीजवाफमा धुलावारी मावि प्रथम

Most Popular

Recent Comments