Home समाचार रोल्पाको थवाङ–१ मा १७ प्रतिशतभन्दा कम मत

रोल्पाको थवाङ–१ मा १७ प्रतिशतभन्दा कम मत

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका -१ को वडाध्यक्षका लागि भएको उपचुनावमा न्यून मतदान भएको छ । जम्मा एक हजार दुई सय ७४ जना मतदाता रहेको वडा नम्बर १ को अध्यक्षको चुनावमा र्दुइ सय नौ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिशतको हिसावले यो १७ प्रतिशत भन्दा पनि कम हो । थबाङमा विप्लव समूहको प्रभाव रहेकाले पनि न्यून मत खसेको आशंका गरिएको छ ।
यस वडामा यसअघि विप्लवकै कार्यकर्ताले स्वतन्त्रबाट चुनाव जितेका थिए । वडाध्यक्ष फर्कबहादुर बुढाको गएको असारमा निधन भएपछि उपचुनाव भएको हो । वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जनक बुढा र नेपाली कांग्रेसबाट कलम रोकाको उम्मेदवारी रहेको छ । स्वतन्त्रबाट भद्रकुमार झाँक्रीले उम्मेदवारी दिए पनि सहमति हुन नसकेको भन्दै उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
वडा सदस्यबाट राजीनामा दिएर उम्मेदवारी दिएका झाँक्रीले उम्मेदवारी फिर्ता लिएसँगै अन्य सबै वडा सदस्यले पनि राजीनामा दिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी फिर्ता भएपछि न्यून मतदान भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार रोल्पाको थवाङ–१ मा १७ प्रतिशतभन्दा कम मत

Most Popular

गोरु काटेर खाएको आरोपमा अर्जुनधाराबाट ३ जना पक्राऊ

झापा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा २० बर्षीय ईमन...

फुलमती खोलाले ५ विगाहा बढी खेतियोग्य जमिन कटान

शनिश्चरे । केहिदिनदेखि निरन्तर भएको अविरल वर्षाका कारण फुलमती खोलामा आएको बाढीले अर्जुनधारा–५ स्थित पानीकलमा ५ विगाहा जमिनमा लगाएको धानखेति कटान गरेको...

सुखानीमा रुख काटिएकोप्रति अर्जुनधारा कांग्रेसको आपत्ति

अर्जुनधारा ९ असोज। झापाको अर्जुनधारा नगरपालिका–९,१० र ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानभित्र अवैध रुपमा रुख काटिएको...

मावल आएकी कृतिकाको छतबाट खसेर मृत्यु

झापा । ५ दिन अघि काठमाडौंबाट झापाको विर्तामोड–५ स्थित मावली घर आएकी १३ वर्षीया कृतिका भण्डारीको छतबाट लडेर मृत्यु भएको छ ।विहिबार...

Recent Comments