Home मनोरञ्जन पालुवा मिडियाको गजल वाचन

पालुवा मिडियाको गजल वाचन

विर्तामोड । पालुवा मिडियाको आयोजनामा झापाको विर्तामोडमा सृजना संसारअन्तर्गत तीनजना गजलकारहरुले गजल वाचन गरेका छन् ।
मिडियाले पहिलो प्रस्तुतिस्वरुप उमेश विरोधी, बसन्त वली ‘वासन्ती’ र बासु पुष्पा अधिकारीला एकै बसाइमा राखेको हो । उनीहरुले पाँच–पाँचवटा गजल सुनाएका हुन् ।
विर्तामोडको साइप्यालेस होटलमा आयोजित कार्यक्रममा गजल वाचकहरुले आफ्नो सिर्जनामा महिला हिंसा र हिंसाका अभियुक्तलाई संरक्षण गर्ने प्रवृत्ति, समसामयिक समस्या, माया–प्रेम, जीवन भोगाई, गरीवी, अशिक्षा आदि प्रसङ्गहरु समेटिएका थिए ।
सर्जकहरुले किसानका समस्यादेखि वेरोजगारी, युवाको विदेश पलायन, सीमा अतिक्रमण लगायतका समस्या समेटिएका गजलहरु वाचन गरेका थिए ।
सुनिता तामाङले सञ्चालन गर्नुभएको कार्यक्रममा देवान लामाले बनाएका श्रष्टाका छाँयाचित्रहरु मायाको चिनोस्वरुप प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी स्रष्टा, सर्जकलाई स्वागत साहित्यकार केशव आचार्यले गर्नुभएको थियो । आशन र भाषणका कुनै औपचारिकताविना आयोजित कार्यक्रममा दियाशा आचार्यले गीत प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन पालुवा मिडियाको गजल वाचन

Most Popular

Recent Comments