Home समाचार इलामको इकोमा खिलबहादुर

इलामको इकोमा खिलबहादुर

इलाम १४ मसिर । इलामको रोङ गाउपालिका–३ कोल्बुङमा सञ्चालित इको चिया उत्पादक सहकारी सस्थाको अध्यक्षमा खिलबहादुर गुरुङ चयन हुनुभएको छ ।
संस्थाको १२ औं बार्षिक साधारणसभाले समितिको उपाध्यक्षमा किशोरकुमारी खड्का तथा सदस्यहरुमा सदस्यहरुमा कमल अर्याल, रमेश अर्याल, सञ्जय आचार्य, सोमनाथ कटेल, कुमारी अधिकारी तारादेबी राई तथा अबिनारायण अर्याल रहेका छन् । सभाले गीतामणी अधिकारीको संयोजकत्वमा एगा अर्याल र कबिता राई सदस्य रहेको लेखा तथा सूपरिवेक्षण समिति समेत चयन गरेको छ ।
निवर्तमान अध्यक्ष माधव निरौलाको सभापतित्वमा भएको साधारण सभाले संस्थाको १ करोड ८२ लाख ७१ हजार ५९२ रुपैयाँ बराबरको आर्थिक विवरण पारित गर्नुको साथै आगामी बर्षको कार्यक्रम पारित गरेको छ ।
सभाले सस्थाको नाफाबाट बितरण भएका सबै कोषहरु जगेडा कोषमा जम्मा गर्ने तथा उद्देश्य मिल्ने सहकारी सस्थाहरुले चाहेमा सहकारी एकीकरण गर्न सक्ने पनि निर्णय गरेको सस्थाका ब्यवस्थापक गणेश अर्यालले बताए । सस्थाका १ सय १७ जना सदस्य किसानहरुले उत्पादन गर्ने हरियो चिया पत्ती फिक्कलको गोर्खा टि–इस्टेटमा बिक्री गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार इलामको इकोमा खिलबहादुर

Most Popular

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

Recent Comments