Home बिबिध बाथरुमबाट सन्देश

बाथरुमबाट सन्देश

एउटा एफएम स्टेसनमा फोनबाट कसैलाई सन्देश दिने कार्यक्रम सञ्चालन भइरहेको थियो ।
कार्यक्रम सञ्चालक: हेल्लो श्रोताबृन्द तपाईहरुलाई स्वागत छ । तपाईको आवाज अहिले
नेपालका विभिन्न जिल्लामा ….. ….. मेगाहर्जमा र डब्लुडब्लुडब्लु……. मा अनलाइनमार्फत सारा विश्वभर सुन्न सकिन्छ ।
आउनुस्, आजको कार्यक्रम सुरु गरौं फोन सम्पर्कमा कोही हुनुहुन्छ ।
कार्यक्रम सञ्चालक : हेल्लो … भन्नोस् त तपार्इँको सन्देश कसलाइ छ ?
हाउडे : मेरो आवाज सबैले सुन्दैछन् ?
कार्यक्रम सञ्चालक : अवश्य सुन्दैछन् ।
हाउडे : सारा सहरले सुन्दैछ ?
कार्यक्रम सञ्चालक : अवश्य सुन्दैछ ।
हाउडे : मेरो घरमा भएकी मेरी श्रीमतीले पनि ?
कार्यक्रम सञ्चालक : उफ् ! रेडियो खोलेको भए सुन्दै हुनुहुन्छ नि, म्यासेज भए चाँडो भन्नुस् ।
हाउडे : ए बुढी, म बाथरुममा छु, नुहाउँदा–नुहाउँदै पानी सकियो, चाँडै मोटर चलाइदे न ल, यहाँ जीउमा लगाएको साबुन नै सुकिसक्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बिबिध बाथरुमबाट सन्देश

Most Popular

Recent Comments