Home समाचार अक्षयकोष स्थापनार्थ अस्पतालले रकम दिने सहमति

अक्षयकोष स्थापनार्थ अस्पतालले रकम दिने सहमति

बिर्तामोड । उपचारका क्रममा मृत्यु भएकी बालिकाका नाममा अक्षयकोष स्थापना गर्ने सहमति पछि विर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा बुधबार विहानदेखि उत्पन्न विवाद समाधान भएको छ ।
चिकित्सकको लापरबाहीका कारण पाँच महिने शिशुको मृत्यु भएको आरोप लगाउँदै मृतक शिशुका आफन्तले बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पताल तोडफोडमा उत्रिएपछि अस्पताल परिषरमा तनाब उत्पन्न भएको थियो ।
समस्या समाधानका लागि इलाका प्रहरी कार्यालय विर्तामोडमा बसेको सर्वपक्षीय छलफलबाट पीडित पक्ष र अस्पतालका प्रतिनिधिबीच मृतक बालिकाका नाममा पाँचलाख रुपैयाँकाे अक्षयकोष स्थापना गर्ने र उक्त अक्षयकोष स्थापनाका लागि अस्पतालले पीडित परिवारलाई रकम उपलब्ध लगाउने सहमति भएसंगै समस्या समाधान भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी प्रमुख मोहन थापाले जानकारी दिनुभयो ।
बिर्तामोड १० सैनिक बजार निवासी विजय लिम्बूका–५ महिने शिशु विपिषा लिम्बूको गएराति उपचारको क्रममा मृत्यु भएको थियो । न्युमोनियाकी विरामी विपिषालाई उपचारका लागि मंगलबार मनमोहन अस्पताल भर्ना गरिएको थियो ।
विरामी बालिकालाई इन्जेक्सन लगाएलगत्तै पेट फुलेको र उनको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार अक्षयकोष स्थापनार्थ अस्पतालले रकम दिने सहमति

Most Popular

Recent Comments