Home समाचार समाचार सर्कसको इतिहास

सर्कसको इतिहास

कुनै बेला मनोरञ्जनको परिचित साधन बनेको थियो सर्कस । विश्वका धेरै ठूला देशहरुमा टेण्ट लगाएर सर्कसमा मन लोभ्याउने खालका खेल तमासा देखाउने गरिन्थ्यो । आजको सर्कसमा शररि सन्तुलनका अनौठा खेल देखाइन्छन्, जुन देखेर दर्शक अभम्मित नभई रहन सक्दैनन् । उदाहरणका लागि डोरीमा हिड्नु, तारमा साइकल चलाउनु, जालमाथि अनेकौं प्रकारले हल्लनु सर्कसमा देखाइने आश्चार्यजनक खेल हुन् । यिनमा तालिम दिइएको हात्ती, बाघ, चितुवा, बाँदर, घोडा आदि अनेकौं जनावरले पनि आफ्नो खेल देखाउँछन् । यस्ता दृश्य देखाउने सर्कसको शुरुवात सबैभन्दा पहिले कहिले र कहाँ भयो ?
सर्कसको शुरुवात सबैभन्दा पहिला रोममा भएको हो । इशा पूर्व तेस्रो शताब्दीमा भएको थियो । त्यो बेला सर्कस आज जस्तो थिएन । त्यहाँ रथ दौडाउने गरिन्थ्यो । रथ दौडाउनका लागि बनाएको वृत्ताकार मैदानलाई सर्कस भनिन्थ्यो । रथको दौडबीच कलाबाज नट र घोडसवार आफ्नो अनेकौ प्रकारको कला देखाउँथे । सर्कसको मैदान धेरै ठूलो हुन्थ्यो । जससमा एकसाथ हजारौं मानिसले खेल्न सक्थे । त्यही बेला रोममा मनोरञ्जनका लागि अरु साधन पनि उपलब्ध थियो । बाजीगर, नट, कलाबाज, तालिम दिइएका जनावरको खेल देखाउने मानिसले दर्शकको मनोरञ्जन गराउँथे । एक यसतो पनि समय आयो जब यी सबै खेल एकसाथ देखाइने खेललाई नै सर्कसको नाम दिइयो ।


आधुनिक सर्कसको शुरुवात इंग्ल्याण्डमा १७६८ मा फिलिप एस्टले नामक एक अंग्रेजले दर्शकका लागि गरे । जब सन् १७८२ मा चाल्र्स हगेसले रोयल सर्कसको स्थापना गरे, तब सर्कस शब्दको प्रयोग पहिलो पटक गरियो । सर्कसको खेल दर्शकमा लोकप्रिय सिद्ध भयो, किनकि यसमा कुनै प्रकारको चलाखी या धोकाधडीको प्रयोग हुँदैनथ्यो, नजिक बसेको दर्शक सर्कसको खेल खेखाउने मानिसको कार्यकुशलता आफैंले देख्न सक्थयो । त्यही बेला साना–साना सर्कसको प्रारम्भ भयो, जसलाई गाउँगाउँमा मेला आदिमा देखायन थालियो । १९ औं शताब्दीको शुरुमा अमेरिकामा पनि सर्कसको शुरुवात भएको थियो । विस्तारै सर्कस लोकप्रिय हुँदै गयो र संसारका सबै देशमा यसको प्रचलन भयो ।
विश्वका सबैभन्दा ठूला सर्कस अमेरिकाको नेवादामा रहेको सर्कस लास भेगास हो । यसको उद्घाटन १८ अक्टोवर १९६८ मा भएको थियो । यसको भवन ११,९८४ वर्ग मिटर क्षेत्रमा बनेको छ । संसारको सबैभन्दा ठूलो चल, सर्कस, जुन ठाउँठाउँमा घुक्ने गर्छ, थोल्ड युनिट अफ रिगलिंग ब्रदर्स एन्ड बारनम एन्ड बेले सर्कस हो सर्कस सर्कस हेर्नेहरुको सबैभन्दा ठूलो भीड जुन ५२३८५ दर्शकको थियो, द ग्रेटेस्ट शो अन अर्थ थियो । सर्कसको यो प्रदर्शन १४ सेप्टेम्वर १८७५ मा अमेरिकाको न्यू आर्लियान्समा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार सर्कसको इतिहास

Most Popular

Recent Comments