Home समाचार विर्तामोडमा लोकतान्त्रिक सांस्कृतिक अभियानको प्रस्तुती

विर्तामोडमा लोकतान्त्रिक सांस्कृतिक अभियानको प्रस्तुती

विर्तामोड ९ मंसीर । भ्रष्टाचार, महंगी, करबृद्धिको विरोध गर्दै सरकारलाई सजग गराउने र जनतामा चेतना प्रवाह गर्ने उद्देश्यले बृहत लोकतान्त्रिक सांस्कृतिक अभियान मेची–महाकालीले विर्तामोडमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
लोकतान्त्रिक सांस्कृतिक संघको केन्द्रीय कार्यक्रम अन्तरगत उद्देश्य अनुसार झापाको विर्तामोडमा प्रस्तुती गरिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेले राष्ट्रपतिले नै संविधानको पालना नगरेको आरोप लगाउँदै संविधानका संरक्षकले नै मूल कानून नमाने राष्ट्रिय मर्यादा रहन नसक्ने बताउनु भयो । जनताले दिएको मताधिकारलाई वर्तमान सरकारले दुरुपयोग गरेको उल्लेख गर्दै सम्बाहाम्फेले दुईतिहाईको सरकारले जे पनि गर्दा हुन्छ भन्ने रवाफ देखाए जनता चुप लागेर बस्न नसक्ने चेतावनी समेत दिनुभयो ।
दिपक रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुरेन्द्र तिम्सिनाले गर्नुभएको थियो ।
संघका केन्द्रीय अध्यक्ष डिवी गुरुङको नेतृत्वमा यात्रारत कलाकारहरुको टोलीमा कविता गेलाल, अर्जुन थापा, सुनिता दुलाल, उदिराम खड्का, अर्जुन सुनाम, सविता रेग्मी, सोनु वली, रोसित कर्माचार्य, लिगेश भट्टराईसहितका कलाकारहरु रहेका छन् । मंसीर ६ गते कास्कीको पोखराबाट शुरु भएको अभियान हालसम्ममा १३ जिल्लामा सम्पन्न भइसकेको छ भने देशभरका ७७ वटै जिल्लामा पुग्ने अभियान फागुनको अन्तिम हप्ता समापन हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विर्तामोडमा लोकतान्त्रिक सांस्कृतिक अभियानको प्रस्तुती

Most Popular

Recent Comments