Home समाचार नेपाल तामाङ विद्यार्थीे घेदुङको अध्यक्षमा प्रकृति

नेपाल तामाङ विद्यार्थीे घेदुङको अध्यक्षमा प्रकृति

विर्तामोड ७ मंसीर । नेपाल तामाङ विद्यार्थीे घेदुङ झापाको अध्यक्षमा प्रकृति घिसिङ चयन हुनु भएको छ । घेदुङको शनिवार विर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले घिसिङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कञ्चन रुम्वामा र मिलन पाख्रिन, सचिवमा महेन्द्र मोक्तान सहसचिव, क्षितिज तामाङ र शुष्मा योञ्जन, कोषाध्यक्ष लासाङ लो चयन हुनु भएको निर्वाचन समिति संयोजक भक्त ग्लानले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा निरोजराज ग्लान तामाङ, निशान ङेशुर, सालु ग्लान, वाङदी तामाङ, कल्पना मोक्तान, महेश योञ्जन, कृषला तामाङ र पेमा तामाङ चयन भएका छन् । दुई सदस्य कार्यसमितिको बैठकले चयन गर्ने बताइएको छ ।
यसअघि झापाले विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच अक्षयकोष दातालाई सम्मान साथै एसइइ उत्कृष्टलाई पुरस्कृत गरेको छ । संघकी अध्यक्ष निमा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट तामाङ विद्यार्थी सम्मान अक्षयकोषदाता स्व. मकरबहादुर गोलेकी श्रीमति गंगादेवी गुरुङ तामाङलाई सम्मान गरिएको थियो । तामाङ स्व. मकरबहादुरका नाममा एकलाख रुपैयाँको उत्कृष्ट विद्यार्थी सम्मान अक्षयकोषका लागि रकम हस्तान्तरण गर्नुभएको घेदुङका केन्द्रीय सदस्य हैकम घिसिङले जानकारी दिनुभयो ।
कार्यक्रममा सामुदायिक विद्यालयबाट २०७५ सालको एसइइमा उत्कृष्ट हुने प्रवेश तामाङ गोले, सुदिक्षा तामाङ थिङ, नीजि विद्यालयबाट उत्कृष्ट हुने कौशल तामाङ पाख्रिन र सालु तामाङ ग्लानलाई नगदसहित सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यसैगरी एसइइमा ३ जिपिए भन्दा माथि ग्रेड हासिल गर्ने कृशला तामाङ, कल्याण ग्राङदानसहित १७ जनालाई सम्मान गरिएको थियो ।
नेपाल तामाङ घेदुङका १ नं. प्रदेशका मित्रसेन योन्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि योन्जन, केन्द्रीय सदस्य घिसिङ, रेखबहादुर घिसिङ, डिल्लीमाया मोक्तान, मेनबहहादुर थिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रकृति तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत कञ्चन रुम्बाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार नेपाल तामाङ विद्यार्थीे घेदुङको अध्यक्षमा प्रकृति

Most Popular

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार...

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

Recent Comments