Home समाचार संहबाहिनीमा ११ दिने पद्म महापुराण

संहबाहिनीमा ११ दिने पद्म महापुराण

शनिश्चरे ६ मंसीर । अर्जुनधारा नगरपालिका–४ रातेखालस्थित सिंहबाहिनी देवी मन्दिर (भद्रकाली शक्तिपीठ) मा आगामी मंसीर १५ गतेदेखि श्रीमद् पद्म महापुराण धनधान्याचल ज्ञान महायज्ञ सञ्चालन ह्ने भएको छ ।
शक्तिपीठद्वारा विहिबार आयोजित पत्रकार सम्मेलनमा पीठका अध्यक्ष राजेन्द्र अधिकारीले महायज्ञबारे जानकारी दिनु भएको हो ।
सीता विवाह पञ्चमीको अवसर पारेर शक्तिपीठले १८ औं बार्षिक अनुष्ठानका रुपमा महायज्ञको आयोजना गर्न लागेको हो । मंसीर २६ गते समापन हुने सप्ताहव्यापी महापुराणको प्रमुख वाचकत्व पं. होमनाथ खनालले गर्नुहुने छ भने उपवाचक आचार्य पं. अनुप खनाल, विवेक अधिकारी र बालकृष्ण दाहाल रहने बताइएको छ ।
मन्दिर परिषरको भूमि विस्तार साथै घेराबारा गर्ने उद्देश्य रहेको महापुराण सभ्य र भब्य रुपमा सम्पन्न गर्न विभागीय उपसमिति गठन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
शेखर प्रधानको संयोजकत्वमा २५१ सदस्यीय पुराण आयोजक समिति गठन गरिएको छ भने यामबहादुर अधिकारीको संयोजकत्वमा आर्थिक समिति, सुरेन्द्र खोयाहाङको संयोजकत्वमा सुरक्षा व्यवस्थापन समिति, डिल्ली तामाङको संयाृेजकत्वमा साउण्ड सिष्टम व्यवस्थापन समिति, भूपाल कार्कीको संयोजकतवमा प्रचार–प्रसार समिति, रन्जित डाँगीको संयोजकतवमा खाद्यान्न व्यवस्थापन समिति र धनबहादुर राईको संयोजकत्वमा पूजा व्यवस्थापन समिति गठन गरिएको छ ।
पीठका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सचिव जमुना थपलियाले सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार संहबाहिनीमा ११ दिने पद्म महापुराण

Most Popular

Recent Comments