Home समाचार अर्जुनधारामा आँखा र कृत्रिम हातखुट्टा शिविरको

अर्जुनधारामा आँखा र कृत्रिम हातखुट्टा शिविरको

शनिश्चरे ६ मंसीर । अर्जुनधारा नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा जलेश्वरधाममा ३ दिने निःशुल्क आँखा शिविर विहिबारदेखि सञ्चालन भइरहेको छ ।
धामको आयोजना तथा महावीर सेवा सदन भारत कलकत्ताको प्राविधिक सहयोगमा भएको आँखा शिविरको प्रमुख अतिथि विभुषित जगतगुरु मुमुक्षानन्दले समुद्घाटन गर्नु भएको थियो ।

अर्जुनधारा जलेश्वरधामले ३७ औं बार्षिक अनुष्ठानका अवसरमा आयोजना गरेको निःशुल्क आँखा परिक्षणका लागि लाइनमा बसेका स्थानीयहरु ।


धामले आफ्नो ३७ औं बार्षिक अनुष्ठानको अवसर पारेर श्रीमद् वामन पुराण, निःशुल्क आँखा शिविर र कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविरको पनि विहिबार समुद्घाटन गरिएको छ । हात खुट्टा प्रत्यारोपण शिविर मंसीर १३ देखि २० गतेसम्म सञ्चालन हुने बताइएको छ ।
हातखुट्टा प्रत्यारोपण शिविरको समुद्घाटन महाविर सेवा सदन कलकत्ताका प्रमुख विनोद बगाडिया र जगतगुरु शंकराचार्य हेमानन्द गिरीले संयुक्त रुपमा गर्नुभएको थियो ।
शिविरमा सेवा सदन कलकत्ताका डा.जितेन्द्र गग्लानी, डा. हर्दिक गग्लानी, डा. सान्तनु दास प्राविधिक सहयोगी पोल्टु मण्डल, राजेश गड्वाल, सौरभ साहुसहितको टोलीले सेवा प्रदान गरिरहेको धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो ।
धामका अध्यक्ष नवीन गट्टानीको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्यले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार अर्जुनधारामा आँखा र कृत्रिम हातखुट्टा शिविरको

Most Popular

Recent Comments