Home समाचार हुलाकी मार्गका पुल निर्माण छिटो गर्न सरकारको ध्यानाकर्षण

हुलाकी मार्गका पुल निर्माण छिटो गर्न सरकारको ध्यानाकर्षण

कामाटोली ५ मंसीर । हुलाकी सडक अन्तरगत झापा गाउँपालिकामा पर्ने पुल निर्माणमा सुस्तता आएको भन्दै निर्माण कार्य अगाडि बढाइदिन गाउँपालिका अध्यक्ष जयनारायण साहले आग्रह गर्नुभएको छ ।
हुलाकी सडक झापा गाउँपालिकाबासीको विकास र समृद्धिसंग जोडिएको बताउँदै गाउँपालिकाका अध्यक्ष साहले हुलाकी मार्ग चाँडो निर्माण सम्पन्न गरिनुपर्नेमा जोड दिंदै हुलाकी सडक अन्तरगत गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा ठूला पुल निर्माणमा ढिलाई नगर्न सरकारलाई आग्रह गरेका हुन् ।
गाउँपालिकाको भविष्यसंग जोडिएको पुल निर्माण सम्बन्धी कामै नभएको बताउँदै अध्यक्ष साहले पुल निर्माणमा सरकारको ध्यानाकर्षण गराउनु परेको बताउनु भयो । साहले भन्नुभयो–‘हाम्रो भाग्यसंग जोडिएको हुलाकी सडक र पुल छिटोे निर्माण भद्रपुरमा जोडिए गाउँ पालिकाको जीवनस्तर सुधारमा कायापलट नै हुन्छ ।’ अन्तरगत झापा गाउँपालिकामा मात्रै विरिङ, सानो माई र कन्काई माईसहित ३ वटा ठूला पुल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार हुलाकी मार्गका पुल निर्माण छिटो गर्न सरकारको ध्यानाकर्षण

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments