Home समाचार ओली पूरा कार्यकाल प्रधानमन्त्री

ओली पूरा कार्यकाल प्रधानमन्त्री

काठमाडौ । केपी शर्मा ओलीले पूरा कार्यकाल प्रधानमन्त्री हुने पक्का भएको छ । बुधबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी र ओलीलाई पूरा अवधि प्रधानमन्त्री बन्ने निर्णय गरेको हो । दाहालले नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पूरा कार्यकाल ओली प्रधानमन्त्री बन्ने पक्क भएको हो । यसअघि दुई अध्यक्षबीच आलो–पालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
सचिवालय बैठकमा नयाँ बन्ने मन्त्रीहरुका विषयको टुंगो लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । केपी शर्मा ओलीले नै बाँकी कार्यकाल सरकारको नेतृत्व गरेर राजनीतिक स्थायित्वको सन्देश दिन चाहेको प्रवक्ता श्रेष्ठको भनाई छ । ओली सरकारको काममा र प्रचण्ड पार्टीको काममा केन्द्रित हुने श्रेष्ठले बताउनुभयो । दुई अध्यक्षबीचको आपसी परामर्शमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णय पनि पार्टीले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष दाहालले यसअघि पार्टी सञ्चालनको कार्यकारी अधिकार भने आफूलाई दिन प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष ओलीसँग आग्रह गर्नु भएको थियो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ओली पूरा कार्यकाल प्रधानमन्त्री

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments