विर्तामोड ३ मंसीर । ठगी तथा विभिन्न चोरी मुद्दाका फरार एक व्यक्तिलाई पाँचवर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक डाँगीबारी गाविस–७ का ५० वर्षिय अर्जुन तामाङ रहेका छन् ।

झापा जिल्ला अदालतबाट २०७१ सालमा विभिन्न नौवटा मुद्दामा नौ वर्ष छ महिना १२ दिन कैद सजायँ र आठ लाख १६ हजार एकसय ७० रुपैयाँ जरिवाना फैसला भएका तामाङलाई मंगलबार पक्राउ गरेको प्रहरीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका तामाङ विरुद्द परेको अन्य चोरी र जबरजस्ती चोरी मुद्दामा २०७१ र ठगी मुद्दामा २०७३ सालमा उक्त कैद र जरिवाना बराबरको फैसला भएको थियो ।